English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. एक अर्थोडक्स पुजारीले आशीर्वाद दिँदै ।
२०. प्याडल बोर्डरहरू उत्तरी जर्मनीको टिममेन्डोर्फर स्ट्र्यान्डमा शान्त बाल्टिक सागरको भ्रमण गर्छन् जब चिसो सोमबार सूर्य उदाउँछ ।
१९. बेलायतको फोरस्टोन्समा देखिएको तोरीबारी ।
१८. गुवाहाटीको आवासीय क्षेत्रमा पासोमा चितुवा परेपछि एक वन अधिकारीले रूखबाट निकाल्दै ।
१७. लिबियाको पूर्वी शहर बेनघाजीको अल–साबरी जिल्लामा सूर्यास्तको दृश्य ।
१६. ढाकाको बुरीगंगा नदीमा डुङ्गाबाट तरबुज उतार्दै कामदारहरू ।
१५. विलुप्त विद्रोह कार्यकर्ताहरूले मध्य पेरिसको पोर्टे सेन्ट डेनिसमा प्रदर्शन गर्दै ।
१४. सिंगापुरको एक बगैंचामा खैरो छेपारो ।
१३. लेबनानको बेरुतस्थित फुलेको रूखमुनि एक जोडी ।
१२. चैत २५ गतेदेखि शुरु भएको चौथो गुल्मी महोत्सवमा गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरमा सेरामिक्सबाट बनाइएका माटाका सामग्री ।
११. सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ कोल्वाकी १८ वर्षीया सुत्केरी मेलिना राईलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि बिहीबार स्टेचरमा बोकेर हेलिप्याड सम्म लैजाँदै नेपाली सेना ।
१०. औद्योगिक शान्ति नेपालले गत चैत्र २७ गतेबाट भक्तपुरको सल्लाघारी चौरमा आयोजना गरेको औधोगिक व्यापार मेलामा बालबालिकाको लागि राखिएको रोटेपिङ लगायतमा रमाउँदै ।
९. झापा, कमल गाउँपालिका वडा नं ५ कार्यालयमा बुधबार सामाजिक सुरक्षा भत्ता लिन लागेको लाभग्राहीको घुइँचो ।
८. ठेक्का भएको ६ वर्ष बितिसक्दा पनि अलपत्र रहेको जोरपाटी–सुन्दरीजल सडकको नयाँपाटी–सुन्दरीजल खण्ड
७. पोखराको पर्यटकीयस्थल काहुँडाँडामा घोडाबाट पोखरा बजारलाई नियाल्दै आन्तरिक पर्यटक ।
६. ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६, बतासेडाँडामा लोक्ताबाट निर्मित सुकाएर राखेको नेपाली हातेकागज ।
५. बैतडीको श्रीकोटमा ढकमक्क फुलेको कागते फूल ।
४. पाल्पाको रिब्दीकोट गाउँपालिकाको भैरवस्थानस्थित भैरव मन्दिर परिसरमा रोटी पकाउँदै युवा ।
३. ताप्लेजुङको सदरमुकाम फुङलिङनजिकै रहेको गुम्बाडाँडामा प्रयाङ प्रजातिको निकालोबाट चित्रा बुन्दै एक पुरुष
२. हिमालपारिको जिल्ला मुस्ताङको लेते क्षेत्रबाट देखिएको हिमालको दृश्य र कालोपत्रे गरेपछि देखिएको सफा सडक ।
१. म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीमा मकैलाई घुन किराबाट जोगाउन बनाइएका थाँक्रो ।

तस्वीर : रासस, एपी, एएफपी, सिन्ह्वा

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०