English

त्यो सापटी दुई सय रुपैयाँ



जावेद अख्तर आधुनिक उर्दू साहित्यका एकजना उम्दा कवि र सायर हुन् । तर, त्योभन्दा बढी त मुम्बईको बलिउड नगरीमा निर्माण हुने हिन्दी चलचित्रका एक सफलतम गीतकार हुन् । पछिल्ला ४० वर्षमा उनले एक सयभन्दा बढी बलिउड–सिनेमाका लागि गीत लेखिसकेका छन् । त्यसरी गीत लेख्नुभन्दा पहिले उनी अभिनेता–निर्माता–पटकथा लेखक सलिम खानसित सलिम–जावेद’ को जोडीका रूपमा फिल्मी पटकथा र संवाद लेख्ने गर्थे ।

तर, कालान्तरमा उनीहरूको जोडी टुट्यो, सलीम लगभग निस्क्रिय हुन पुगे भने जावेदले आफूलाई पटकथा र संवादमा कम र गीत, कविता, सायरी एवं गजल लेखनका साथै राजनीतिमा समेत सक्रिय राख्न थाले ।

त्यो जोडीले अन्दाज, जञ्जीर, सीता और गीता, दिवार, शोले, त्रिशूल, क्रान्ति, डन आदिसमेत २२ वटा हिन्दी सिनेमा अनि दुईवटा कन्नड भाषी चलचित्रका पटकथा र संवाद लेखेको थियो । सन् १९७० को दशकदेखि यो जोडीले हिन्दी सिनेमालाई नयाँ र अत्यधिक सफल मोड दिएको मानिन्छ ।

जावेद अख्तर त्यतिमा मात्र सीमित छैनन् । उनी गद्य पनि लेख्छन् । उनका दुई किताब ‘तरकश’ (१९९५) र ‘लाभा’ (२०१२) निकै रुचाइएका कृति हुन् । उनका केही संस्मरण पनि प्रकाशित छन् ।

उनका पिता जाँ निसार अख्तर पनि राम्रा साहित्यकार र अब्बल फिल्मी गीतकार थिए । त्यसकारण जावेदको सम्बन्ध उनी कम उमेरमै भएको बेला साहित्य र हिन्दी फिल्मी गीत लेखनका हस्तीहरू साहिर लुधियानवी, मजरुह सुल्तानपुरी, कैफी आजमी, शैलेन्द्र, इन्दीवर, आनन्द बख्सी, हसरत जयपुरी, फैज अनवर, सकिल बदायुनी, गुलजार, गोपालदास नीरज, सन्तोष आनन्दलगायत धेरैजनासित भइसकेको थियो ।

यी सबैमध्ये पनि जावेद खासगरी साहिर लुधियानवीसित बढी नजिक थिए । उनीहरू दुईबीच सँगै खाने, बस्ने, पिउने, लामा–लामा छलफल गर्ने, टहलिने आदि खुबै हुन्थ्यो ।

यहाँ प्रस्तुत गर्न लागिएको सन्दर्भ जावेद अख्तरले लेखेको बलिउड सिनेमाका सर्वश्रेष्ठ गीतकार भनिने उनै साहिर लुधियानवीसँग जोडिएको आफ्नो एउटा घटना–संस्मरण हो । यो रचना हिन्दीमा प्रकाशित त्यही संस्मरणको स्वतन्त्र नेपाली अनुवाद हो ।

कुनै बेला थियो, जुन समय जावेद अख्तर निकै समस्या र अभावमा थिए । दिन–रात बिताउन पनि हम्मेहम्मे परिरहेको थियो । यस्तोमा एक दिन उनले साहिरसित सहयोग माग्ने निधो गरे । फोनमा कुराकानी भयो र समय मिलाएर उनी साहिरलाई भेट्न उनकै घर पुगे ।

त्यस दिन साहिरले जावेदको अनुहार निन्याउरो र मलीन देखे अनि सोधे, ‘आऊ युवक । के छ खबर ? उदास देखिन्छौ त !’

जावेदले आफूलाई दिन गुजार्नै समस्या भइरहेको र सँगै भएजति सबै पैसा पनि सकिन लागेको बताए । उनले साहिरसित आफूलाई कतै जागिरमा लगाइदिन र त्यसो भएमा ठूलो गुन हुने कुरा गरे ।

जावेद अख्तरका शब्दमा– साहिर साहब (साहिरलाई अक्सर सबैले यसैगरी सम्बोधन गर्दछन्) को एउटा अनौठो बानी थियो, उनी जतिबेला चिन्तित वा हैरान भइरहेका हुन्थे, त्यतिबेला प्यान्टको पछिल्तिरको खल्तीबाट काँगियो झिकेर त्यसैले कपाल मुसार्न थाल्दथे । मनमा कुनै समस्याको गाँठो खुल्न सकिरहेको छैन भने उनी काँगियोले कपाल मिलाउन थाल्दथे । त्योबेला पनि उनले त्यही क्रियाकलाप दोहोर्याए ।

केही समयसम्म के के सोचीबसेँ । अनि आफ्नो उही चिरपरिचित शैलीमा भने, ‘अवश्य युवक, हेरौँ, यो फकीरले के गर्न सक्दछ ।’ (साहिर आफूले आफैँलाई फकिर भन्ने गर्दथे, यसको नेपाली अर्थ हुन्छ– साधु) ।

साहिर साहब ! तपाईंले मलाई दिएको त्यो दुई सय रुपैयाँ अब मसित छ । मैले जुनै बेला पनि फिर्ता गर्न सक्दछु, तर म दिनेवाला छैन है ।

त्यसपछि, उनले नजिकै भएको टेबलतिर संकेत गर्दै भने, ‘हामीले पनि त्यस्ता अभावग्रस्त दिन व्यहोरेका छौँ, युवक । अहिलेलाई यो लिइराख । पछि के गर्न सकिन्छ, हेर्दै गरौँला ।’

जावेदले त्यो टेबलतिर हेरेको त त्यहाँ दुई सय रुपैयाँ थियो ।

‘उनले चाहेको भए त्यो पैसा मेरो हातमै पनि दिन सक्दथे तर त्यो त उनको संवेदनशीलता थियो, सायद उनलाई के लाग्यो भने उनले हातमै त्यो पैसा दिएको भए मलाई नराम्रो पो लाग्थ्यो कि ! त्यो त ती मानिसको संवेदनशील हृदय नै थियो जसले गर्दा उनी पैसा दिइरहेको बेला पनि मसित आँखा जुधाइरहेका थिएनन् ।’

साहिरसित जावेदको उठबस बिस्तारै बढ्दै गएको थियो, किनभने त्रिशुल, दिवार र काला पत्थर जस्ता फिल्महरूको पटकथा र संवाद सलीम–जावेदको जोडीले लेखेको थियो भने तिनमा गीतचाहिँ साहिरका थिए । अक्सर उनीहरू सँगै बसिरहेका हुन्थे र कथा, गीत, संवाद आदिबारे परिचर्चा गर्दथे । त्यस क्रममा अनेकपटक जिस्किँदै जावेदले साहिरलाई भन्ने गर्दथे, ‘साहिर साहब ! तपाईंले मलाई दिएको त्यो दुई सय रुपैयाँ अब मसित छ । मैले जुनै बेला पनि फिर्ता गर्न सक्दछु, तर म दिनेवाला छैन है ।’

सँगै बसेका अरू मानिसहरूले ‘कुन दुई सय रुपैयाँ ?’ भनेर सोध्ने गर्थे । त्यस्तो बेलामा साहिरको छोटो जवाफ हुन्थ्यो, ‘उनैलाई सोध्नुस् ।’ यस्तो क्रम लामो समयसम्मै चलिरह्यो । साहिर र जावेद अख्तरबीच नियमित भेटघाट हुँदै रह्यो, महफिलहरू जम्दै रहे र आफ्नो गतिमा समय पनि बित्दै गयो ।

अनि एक दिन त्यो सन्दर्भ भएको लामो समयपश्चात् समय आयो सन् १९८० अक्टोबर २५ तारिख । अबेर साँझको बेला थियो, जावेदलाई साहिरका पारिवारिक चिकित्सक डाक्टर कपुरले फोन गरेका थिए । डाक्टरको स्वर अत्तालिएको थियो र त्यसमा पीडा पनि मिसिएको थियो । उनले भनेका थिए, ‘साहिर लुधियानवीले यो धरा छाड्नुभयो, उहाँ अब रहनुभएन ।’ साहिरलाई हृदयाघात भएको थियो । जावेद अख्तरलाई यो समाचार सुन्न सहज छँदै थिएन ।

म उहाँको नजिक गएँ, त्यतिबेला मेरा हात कामिरहेका थिए । उहाँको अनुहार हेर्न मैले तन्ना पन्छाएँ । उहाँका दुवै हात छातीमा थिए । मेरा आँखासामु त्यो समय फन्फनी रिङ्न थाल्यो।

जति छिटो हुन सक्थ्यो, जावेद साहिरको घर पुगे र त्यहाँ उनले देखे– उर्दू शायरीको सबैभन्दा करिस्म्याटिक’ नक्षत्र एउटा सेतो तन्नामा बेरिएको छ । जावेदका शब्दमा, ‘त्यहाँ साहिरका दुई बहिनीका अतिरिक्त फिल्म–निर्माता बीआर चोपडासमेत बलिउड फिल्म उद्योगका तमाम ठूला–साना हस्तीहरू उपस्थित थिए । म उहाँको नजिक गएँ, त्यतिबेला मेरा हात कामिरहेका थिए । उहाँको अनुहार हेर्न मैले तन्ना पन्छाएँ । उहाँका दुवै हात छातीमा थिए । मेरा आँखासामु त्यो समय फन्फनी रिङ्न थाल्यो जतिबेला आफ्ना शुरुआती दिनहरूमा म उहाँसित भेटघाट गरिरहन्थेँ । मैले उहाँका हत्केलाहरू छोएँ र अनुभव गरेँ, यी तिनै हात हुन् जसबाट यति बिछट्टै राम्रा गीतहरू सिर्जना भएका छन् तर अब त यी चिसिइसकेका पो छन् ।’

मुम्बईको जुहु चिहान–स्थलमा साहिरको शवलाई गाड्ने व्यवस्था गरिएको थियो । त्योबेला बिहानी समय थियो । रातभरि कुरेपछि साहिरलाई बिहान मात्र धर्तीभित्र सुम्पिने निश्चित भएको थियो । यो त्यही चिहान–स्थल हो जहाँ मोहम्मद रफी, मजरूह सुल्तानपुरी, मधुबाला र तलत महमूदका चिहानहरू छन् । साहिरलाई सम्पूर्ण मुस्लिम परम्परा एवं संस्कारअनुरूप भूमिलाई सुम्पिएको थियो । सँगै मलामी आएकाहरू केही समयपछि क्रमशः फर्किए तर जावेद अख्तर धेरै बेरसम्म भर्खर निर्मित चिहानको छेउमै बसिरहे ।

धेरै बेरसम्म त्यहीँ बसिराखेर जावेद अख्तर उभिए र भिजेका आँखासहित फर्किन थाले । उनी जुहु चिहान–स्थलबाट बाहिरिए र नजिकै पार्क गरेको आफ्नो गाडीभित्र पस्नै लागेका थिए, अचानक कसैले ठूलै स्वरमा उनलाई बोलाएको जस्तो लाग्यो । जावेदले पछाडि फर्किएर हेरेको त उनका अगाडि साहिर लुधियानवीका एकजना मिल्ने साथी अस्फाक पो हस्याङफस्याङ उनीतिरै आउँदै थिए ।

तपाईंसित अलिकति पैसा थियो कि ? चिहान खन्ने मानिसलाई अझ केही पैसा दिन बाँकी छ । हतार गर्दा त म पैसा–सैसा केही पनि नबोकी नै यहाँ आइपुगेछु ।

अस्फाक तिनताका निकै नाम चलेकी लेखक वाहिदा तबस्सुमका श्रीमान् थिए । उनलाई साहिरसित औधी स्नेह थियो । अस्फाक निकै अत्तालिँदै आइरहेका थिए । उनी राति सुत्नेबेला लगाउने ‘नाइट सुट’ पोसाकमै थिए, सायद उनलाई एकाबिहानै मात्र साहिरसम्बन्धी दुःखद खबर पाइएको थियो र उनी त्यत्तिकै घरबाट बाहिरिएका थिए होलान् । नजिक आउनासाथै उनले जावेदलाई भने, ‘तपाईंसित अलिकति पैसा थियो कि ? चिहान खन्ने मानिसलाई अझ केही पैसा दिन बाँकी छ । हतार गर्दा त म पैसा–सैसा केही पनि नबोकी नै यहाँ आइपुगेछु ।’

जावेद अख्तरले खल्तीबाट आप्mनो पर्स झिके । पर्स खोल्दै उनले सोधे, ‘पैसा त मसँग छ नि । बरु कति रुपैयाँ दिनुपर्ने हो ?’
अस्फाकको जवाफ थियो, ‘दुई सय रुपैयाँ …।’

यो पनि…
दसैं सम्झना : असन त्यौड देखि पेरिससम्म
म र मेरो मध्यमवर्गीय भ्रमको आलाप



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।