English

आकृतिभित्रको ‘बालनयन’



एउटा बालक डोरीको जाली बाहिरबाट अपेक्षित हेराइका साथ टोलाइरहेका छन् । जाली बाहिर उनले आफ्ना आधारभूत आवश्यकता पूरा हुने केही चिज देखिरहेझैँ एक टकले हेरिरहेका छन् ।

उनको बालनयनले त्यो चिज अरूले नै उपयोग गरिरहेका अनुभूति गराउँछ । त्यसैले, पिलपिलाउँदो नजर त्यही चिजमा एकोहोरिएका हुन्छ । चारकोलका माध्यमबाट पाटन सुन्धाराकी लक्षता श्रेष्ठ सिर्जना गरेको उक्त चित्रले हाम्रो समाजको बालमस्तिष्कलाई गहिरोरूपमा छोएको छ ।

हाम्रो समाजमा पारिवारिक हिंसालगायत कारणले बालबालिका सडकमा पुग्ने गरेका र त्यसपछि उनीहरूकोे जीवनमा आइपर्ने उतारचढावलाई चित्रकार श्रेष्ठले कलाका माध्यामबाट जीवन्त देखाउने प्रयास गरेकी छन् । न्यूनतम आवश्यकताबाट वञ्चित बालकको आँखामा झल्किएको अपेक्षालाई उनले चारकोलका माध्यामबाट क्यानभास रङ्ग्याइन् ।

उक्त चित्र नवौँ वार्षिकोत्सवका अवसरमा पाटन मङ्गलबजारको द प्रिसियस आर्टस्ले नेपाल कला परिषदमा ‘आकृति’ शीर्षकमा आयोजना गरेको कला प्रदर्शनी समावेश छ ।

सानो उमेरका बालबालिकालाई आमाबुबाको माया चाहिन्छ, यो समयमा उनीहरूको हाँस्ने, खेल्ने तथा शिक्षा आर्जन गर्ने हो । तर, ती सब कुराबाट बञ्चित एक बालक कुनै एउटा डोरीको छेकबार बाहिरको छिद्रबाट चिहाइरहनु सामान्य कुरा होइन । तर, उक्त चित्रले जे नहुनु थियो त्यो भइरहेको छ भनेर बालमस्तिष्कमार्फत देखाइरहेको छ ।

हाम्रो नेपाली समाजमा भइरहेका घटनालाई चित्रमा उतार्ने श्रेष्ठले भनिन्, ‘आधारभूत आवश्यकतासमेत नपाएको बच्चालाई ती कुरा प्राप्त होस्, आम नागरिकको जस्तै जीवन चल्न सकोस् भन्ने सन्देश दिन खोजेकी हुँ ।’ यसका अलावा उनले मण्डला, नेपाली सांस्कृति, नेपाली जनजीवनका साथै जिसस क्राइस्टकी आमा मेरी तथा शान्तिको सन्देश दिनका लागि बुद्धको आकृतिका चित्र पनि समावेश गरेकी छन् । पहिलो प्रदर्शनी भएकाले निक्कै खुसी लागेको पनि उनले सुनाइन् ।

उनी मात्रै होइन कला क्षेत्रका नौँ विद्यार्थीका ४२ चित्र यहाँ प्रदर्शनीमा राखिएको छ । अर्का विद्यार्थी सञ्जना महर्जनले सुपरहिरोका माध्यमबाट गलत प्रवृत्तिविरुद्ध प्रहार गर्न खोजेकी छन् । जसरी चलचित्रमा नागरिकको जीवनरक्षामा अभिनेताको भूमिका हुन्छ, सुपरहिरोलाई पनि त्यहीरुपमा प्रस्तुत गरेकी छन्, उनले । त्यति मात्रै होइन कुमारी, एक आमा र बच्चामार्फत सामाजिक सचेतना जगाउने प्रयास पनि उनको छ ।

व्यवस्थापन पढ्दै गरेकी शान्ति थापा पनि अहिले कला सिक्दै छिन् । उनले पनि संयुक्त प्रदर्शनीमा पहिलो अवसर प्राप्त गरेकी हुन् । उनले मण्डला, डट आर्टका साथै महिला हिंसा विरुद्धलगायतका विभिन्न आठ सिर्जनाले क्यान्भास सजाएकी छन् । प्रदर्शनीमा शर्षिस तण्डुकारका दुई वटा चित्र प्रकृति संरक्षणका बारेमा छ । मानव र वनको अन्तरसम्बन्ध तथा जङ्गलको अवस्थालाई उनले चित्रण गरेका छन् । ‘हामीले प्रकृतिको गति देख्न नसके पनि उसले आफ्नो गतिमा काम गरिरहेको छ, हामीले प्रकृतिलाई नदेखे पनि उसले हामीलाई देखिरहेको छ हेप्नुहुन्न, यही हो थिम’, तण्डुकारले भने ।

chitra

अर्का विद्यार्थी सम्प्रेशणा शाहीले चित्रमार्फत धार्मिक, पारिवारिक मायाका साथै शान्तिका सन्देश छरिएको छ । उनका सिर्जनामा ह्वेलको माध्यामबाट सकारात्मक सन्देश र आशावादी हुन सिकाएको छ । सरोज खत्रीले परम्परागत यथार्थवादी चित्रहरू राखेका छन् ।

यहाँ उनका चार चित्र प्रदर्शनमा छन् । नरदेवीमा भएको जात्रालाई प्रतिनिधित्व गर्दै कुमारीको आकृति आकर्षक देखिन्छ । भक्तपुरको गोल्डेनगेटको तोरणसहितको तलेजु भवानी र भैरवको आकृति पनि प्रदर्शनीमा देख्न सकिन्छ । यहाँ विद्यार्थीका अधिकांश कला सिर्जनालाई चारकोलमा रङ्ग्याइएको छ । त्यसमा खत्रीले सुनौलो रङ देखाउन एक्रेलिक मिसाएर सुन्दर स्वरुप दिएका छन् ।

प्रदर्शनीमा नौ विद्यार्थीका ४२ वटा चित्र राखिएका छन् । प्रकृति, परम्परागत तथा धार्मिक सांस्कृतिक एवम् जनजीवनसँग सम्बन्धित सिर्जना यहाँ राखिएका छन् । बिहीबारदेखि शुरु भएको उक्त प्रदर्शनी सोमबारसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा इरिना ताम्राकार, गिरिश विक्रम राज बज्राचार्य, लक्ष्यता श्रेष्ठ, शान्ति थापा, सञ्जना महर्जन, सरोज खत्री, सर्सिस तन्डुकार, सुम्या तिमिल्सिना, सम्प्रेषणा शाही, सुरभी तण्डुकार र सचिन राज बज्राचार्यका कलाकृति समावेश छन् ।

प्रदर्शनीको अवलोकनपछि सांसद सुजिता शाक्यले भनिन्, ‘कला राष्ट्रको गहना हो, मान, शान, गौरव पहिचान र संस्कृतिको धरोहर हो, कलाकारिता प्रकृति र मानव चेतनाको अमूल्य चिज पनि हो ।’

विश्वमा आज नेपाल भनेर चिनिनुमा राष्ट्रका कलानिधिका महत्त्वपूर्ण योगदान रहेको उनले बताइन् ।

यो पनि…
ब्याडमिन्टन खेलमा भविष्य देखेका यी बालक
चित्र कोरेर गुजारा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।