English

यी हुन्, नवौं राष्ट्रिय खेलकुदमा समावेश रहने ३६ खेल



जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रर्दशनी खेल आयोजना गर्ने निर्णय गरेको छ। बैठकबारे निर्णय सार्वजनिक गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ३६ खेल समावेश गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् बोर्ड बैठक सम्पन्न भएको हो। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो।

तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् बोर्ड बैठक सम्पन्न भएको हो। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो। युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद आयोजना सँगै १९औं एसियाली खेलकदमा सहभागि हुने खेलको पनि टुङ्गो लगाएको हो। यसका अलावा बैठकलदे विभिन्न महत्वपूर्ण निर्णयहरू समेत पारित गरेको छ।

राष्ट्रिय खेलकुदमा ३६ खेल तथा दुई प्रदर्शनी खेल समावेश गरिने भएको हो। राष्ट्रिय खेलकुदमा क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खो खो, कराते, जिम्नास्टीक, कबड्डी, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गरिने छ।

छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा राखिएको छ। यस्तै, क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, फुटबलजस्ता खेलहरू आउटडोरमा हुनेछन र वर्षा भएको खण्डमा प्रभावित हुने सम्भावना बढी हुन्छ।

छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा राखिएको छ। यस्तै क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, फुटबलजस्ता खेलहरू आउटडोरमा हुनेछन र वर्षा भएको खण्डमा प्रभावित हुने सम्भावना बढी हुन्छ।

तर, सदस्य सचिव घिसिङले त्यस्तो अवस्था आए खेलको मिति परिवर्तन गर्न सकिने बताए। साथै उनले स्थानिय तहको निर्वाचनले खेलकुदलाई प्रभावित नपार्ने बताए। यसका साथै उनले प्रदेशको खेलाडी छनोटका लागि संघीय प्रदेश, विभागीय टोली तथा एनआरएनलाई जिम्मेवारी दिइएको छ।

१० जेठभित्र खेलाडी तथा पदाधिकारीको दर्ता गरिसक्नुपर्ने मिति तोकिएको छ। यस्तै बजेट बाट १९औं एशियाली खेलकुद तयारी प्रभावित नहुने समेत बताए।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन




सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार