English

ओली, भ्यु टावर र गुजराती भैँसी



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरा र भ्यु टावर निर्माणको आलोचना भएको भन्दै विपक्षीप्रति निकै आक्रोश व्यक्त गरे ।

नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवस तथा स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले भ्यु टावर र धरहरा बनाउने ठाउँमा पहिले धान फल्दैन थियो भन्दै जवाफ दिए । उनले विरोध गर्नेलाई व्यंग्य गर्दै धरहरा र भ्युटावरबाट फाइदा खोज्नेहरूलाई यी गुजराती भैँसी नभइ सम्पदा भएको र यस्ता सम्पदाबाट लाभ मात्र खोज्न नहुने तर्क गरे ।

भ्यु टावर बनाउनु हुँदैन अरे । अनि त्यहाँ के धान फल्छ त धान ?’, उनले प्रश्न गरे, ‘धरहरामा पहिले धान फल्थ्यो ? अनि त्यहाँ के पसल राख्ने धरहराका टुप्पामा लिएर ?’

उनी भन्दै थिए, ‘एमाले नभएको भए गर्व गर्ने धरहरा आज हामी देख्न पाउँदैनथ्यौँ । कांग्रेसहरू र यो गठबन्धन त के भन्दै छ भने भ्यु टावर बनाउनु हुँदैन अरे । अनि त्यहाँ के धान फल्छ त धान ?’, उनले प्रश्न गरे, ‘धरहरामा पहिले धान फल्थ्यो ? अनि त्यहाँ के पसल राख्ने धरहराका टुप्पामा लिएर ?’

भ्यु टावरहरू राष्ट्रका गौरव हुने भन्दै ओलीले यस्ता गौरवलाई उठाउनुपर्ने बताएका हुन् । धरहरा र भ्यु टावरले केही दिँदैन भनेर आलोचन गर्नेलाई शानसित उनले जवाफ दिएका छन्, ‘गुजराती भैँसी किनेर बाँधेको हो ? जर्सी किनेर बाँधेको हो र दूध दिनलाई ?

ओलीले किन जोडे गुजराती भैँसीको प्रसंग

खासगरी, भारतको महाराष्ट्र र गुजरातमा मुर्रा जातिका पालिन्छन्। मुर्रा भैंसीको सिङ घुम्रिएको, पुच्छरको टुप्पोमा सेतो फुर्को भएको, छाला कालो रंगको र नरम पिठ्यू चौडा एवं शरीरको तुलनामा टाउंको सानो तथा शरीरमा रौं कम भएको चिल्लो र राम्रो विकसित कल्चौडो भएको हुन्छ ।

राम्रो मूर्रा भैंसीले सरदर १५०० देखि २५०० लिटर दूध एक बेतमा दिन्छ । भैंसीको दूधमा चिल्लो पदार्थ ७ प्रतिशत हुन्छ र ल्याक्टोज पनि गाईको दूधमा भन्दा बढी हुनाले बाक्लो र मिठो हुन्छ ।

राम्रो मुर्रा भैंसीले सरदर १५०० देखि २५०० लिटर दूध एक बेतमा दिन्छ । भैंसीको दूधमा चिल्लो पदार्थ ७ प्रतिशत हुन्छ र ल्याक्टोज पनि गाईको दूधमा भन्दा बढी हुनाले बाक्लो र मिठो हुन्छ ।

हाल नेपालमा पनि यो जातको भैँसी पाल्न थालिएको छ ।

यसैगरी, ओलीले धरहरा र भ्युटावरको विरोध गर्नेलाई पनि कडा जवाफ दिएका छन् । धरहरामा पहिले धान फल्थ्यो र ? ओलीले धरहराको विरोध गर्नेलाई व्यंग्य गरेका छन् ।

भीमसेन थापाको पालादेखिको मुलुककै धरोहरका रूपमा रहेको एक मात्र सम्पदा हो धरहरा । यसको क्षेत्रमा पहिलेदेखि नै धान नफल्ने २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएको तथा भ्यु टावर पनि आन्तरिक पर्यटनमा टेवा पुग्ने उद्देश्ले मात्र निर्माण गरिएकोमा विपक्षीहरूले विरोध गर्दैमा यसलाई मुलाझैं उखेलेर फाल्न नमिल्ने भन्दै उनले व्यंग्यात्मक तर्क गरेका हुन् ।

यो पनि
स्थानीय निर्वाचन : साना दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?
यस्तो छ गठबन्धनको उम्मेदवार चयनको मापदण्ड



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।