English

नौ महिनामा भित्रियो ४ हजार केजी सुन

२८ अर्ब ५४ करोड ९० लाखको सुन आयात


नेपाल राष्ट्र बैंकले विलासिता वस्तु आयातमा रोक लगाएको छ । जसमा सुन पनि रहेको छ । १५ दिन दिनदेखि सुन आयातमा रोक लगाए पनि चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो नौ महिनामा नेपालमा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको सुन नेपाल भित्रिएको हो ।

उक्त अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रुपैयाँमा ४ हजार ९४ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो एक वर्षमा नेपालले आयात गरेको भन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको छ ।

अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३ हजार ९ सय २४ केजी सुन नेपाल भित्रिएको थियो ।

नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट आउने गरेको पाइएको छ ।

माणिक रत्न शाक्य
अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ

सरकारी नीतिअनुसार २० किलो सुन आयात गर्न मिल्नेछ । पछिल्लो समय विश्व बजार महँगो भएकाले १० केजी दैनिक सुन आयात गरिएको थियो, तर १५ दिन यता आयात नै बन्द भएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्र यूएईबाट २२ अर्ब ६ करोड २१ लाख ६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । सोही अवधिमा टर्कीबाट ५ अर्ब २८ करोड १८ लाख ४६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

सुनको माग बढे पनि आयात कम

कोरोना महामारीका समयमा व्यापार–व्यवसाय ठप्प नै रह्यो । यही असर–साउनबाट बजार चलायमान भयो । करिब दुई वर्षदेखि ठप्प रहेको बजार खुल्दा सुनको माग बढ्यो र सोहीअनुसार आयात भने गर्न नसकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य बताउँछन् ।

आयात गरिएको सुन आन्तरिक बजारमा नै खपत हुने बताउँदै उनले भने, ‘सरकारी नीतिअनुसार २० किलो सुन आयात गर्न मिल्नेछ । पछिल्लो समय विश्व बजार महँगो भएकाले १० केजी दैनिक सुन आयात गरिएको थियो, तर १५ दिन यता आयात नै बन्द भएको छ ।’

आयात थप्प गर्दा अवैधरूपमा सुन भित्रिन सक्छ, तस्करी बढ्छ । त्यसैले, समस्या परेको आयात घटाउनुपर्छ तर बन्द गर्दा समस्या पर्छ ।

यसरी आयात बन्द हुँदा अवैधरूपमा सुनको तस्करी हुन सक्छ । आयात नगरिए पनि वैल्पिक उपाय खोज्नुपर्ने हुन्छ ।

सुनको अभाव हुँदै गएको बताउँदै अध्यक्ष शाक्य भन्छन्, ‘आयात थप्प गर्दा अवैधरूपमा सुन भित्रिन सक्छ, तस्करी बढ्छ । त्यसैले, समस्या परेको आयात घटाउनुपर्छ तर बन्द गर्दा समस्या पर्छ ।’

उनले अगाडि थप्दै भने, ‘सरकारले वैकल्पिक उपाय खोज्न र केही मात्रमा आयात गर्न दिनुपर्छ, जसमा लागि हामी छलफलका क्रममा छौँ ।’

अहिले लगनकाे सिजन भए पनि आयात थप्प भएकाले बजारमा सुन आभाव छ,’ उनले सुनको विकल्प बताउँदै भने, ‘प्रतिव्यक्ति ५० ग्राम सुन आयात गर्न मिल्नेछ, यसलाई सहज तरिकाले आयात गर्न दिनुपर्ने र लोकल सेललाई मान्यता दिनुपर्छ ।

तेजरत्न शाक्य
पूर्वअध्यक्ष एवं मूल्य निर्धारण समिति संयोजक, नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुन महँगो भएकाले रुपैयाँ बढी देखिए पनि सुन खपत अन्य वर्षजतिकै रहेको महासंघका पूर्वअध्यक्ष एवं महासंघ अन्तर्गतका मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्य बताउँछन् । ‘कोरोनाकालमा सुनको कारोबार हुन सकेन त्यस कारण गत वर्ष सुनको आयात कम भयो, यो वर्ष सुनको कारोबार भइरहेको छ,’ उनले भने, ‘विश्व बजारमा महँगी भएकाले सुनबाट रुपैयाँ धेरै बाहिरिएको छ देखिएको हो, खपत भने त्यति नै छ ।’

वर्षमा १२ हजार केजी सुन नेपालमा खपत हुन्छ । तर, हालको समयमा वार्षिक ७ हजार ५ सय केजी सुन आयात भएको छ, अफ सिजनमा यति मात्रामा सुन आयात गर्दा पुग्छ तर वैशाखमा खपत बढ्छ र अपुग हुन सक्छ । केही दिन याता आयात बन्द गरिएकाले बजार ५० प्रतिशतले संकुचित भएको उनी बताउँछन् ।

नेपालमा दैनिक २० केजी सुन आयात हुने सरकारी नीति छ । तर, हाल आर्थिक तरलता बढेकाले दैनिक आयात नै बन्द गरेको छ । बजारमा सुनचाँदी अभाव भएको उनले बताउँदै भने, ‘अहिले लगनकाे सिजन भए पनि आयात थप्प भएकाले बजारमा सुन आभाव छ,’ उनले सुनको विकल्प बताउँदै भने, ‘प्रतिव्यक्ति ५० ग्राम सुन आयात गर्न मिल्नेछ, यसलाई सहज तरिकाले आयात गर्न दिनुपर्ने र लोकल सेललाई मान्यता दिनुपर्छ ।’

नेपालमा भूकम्पअघि दैनिक ३५ देखि ४० केजी सुन खपत हुन्थ्यो, सोही मात्रामा माग बढ्यो भने सुनको हाहाकार हुन्छ, सरकारले अबका दिनमा सुन आयात नीति परिमार्जन गरी आयात बढाउनुपर्छ, नबढाए सुनको चोरी तस्करी जस्ता अनैतिक क्रियाकलाप बढ्छ ।

२०७२ सालको भूकम्पपछि सुनको कारोबारमा उतारचढाव भएको छ । दिनदिनै विश्व बजार महँगो भइरहेकाले सुन कारोबारमा प्रभाव देखिएको छ । ‘नेपालमा भूकम्पअघि दैनिक ३५ देखि ४० केजी सुन खपत हुन्थ्यो, सोही मात्रामा माग बढ्यो भने सुनको हाहाकार हुन्छ,’ उनले भने, ‘सरकारले अबका दिनमा सुन आयात नीति परिमार्जन गरी आयात बढाउनुपर्छ, नबढाए सुनको चोरी तस्करी जस्ता अनैतिक क्रियाकलाप बढ्छ ।’

सुन होस् वा खाद्य वस्तु दिनप्रतिदिन आयात बढ्दो छ । सरकारले विलासिता वस्तुको आयात केही समयको लागि बन्द गरेको छ । तर, विकल्पबिना आयात बन्द गर्नु समस्या निम्त्याउनु जानकारहरूको बुझाइ छ । आयात रोकिएको वस्तुको वैकल्पिक उपाय खोज्नमा ध्यान दिन आवश्यक छ ।

यो पनि…
नौ महिनामा भारतबाट दुई खर्बको पेट्रोलियम पदार्थ आयात
नौ महिनामा वैदेशिक व्यापार घाटा १३ खर्बभन्दा बढी



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।