English

एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने



१९औं एसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार राष्ट्रिय खेलकुदका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले १९औं एसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने जानकारी दिएको हो ।

नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सीङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन र सुटिङमा सहभागिता जनाउने राखेपले जनाएको छ ।

राखेपका अनुसार २३ वटा खेलमा नेपालबाट एक सय ५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापनक सहभागी हुनेछन् ।

यस्तै नवौं राष्ट्रिय खेलकुदमा कुल ३८ वटा खेलमा प्रतिस्पर्धा हुने भएको छ ।

नवौंमा सातै प्रदेश र विभागीय टोलीसँगै गैर आवासीय नेपाली संघ (एनआरएनए) बाट पनि खेलाडीको सहभागिता रहने राखेपले जनाएको छ ।

राजनीतिक खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्ष देखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज भएको थियो ।

सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका थिए ।

युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा भएको बैठकले सो निर्णय गरेको हो ।

यस अघि अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो ।

मन्त्री परिषद्को बैठकले यसअघि नै नवौ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



सम्बन्धित खबरहरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै खोलिएको खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र राष्ट्रिय उच्च प्रदर्शन केन्द्रमा #Rhinos को फिटनेस परीक्षण र

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

Latest










Popular
Suggested