English

अर्थमन्त्रीले किन राजीनामा दिनुपर्छ ?



प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माको विशेष सक्रियतामा नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि धावा बोलियो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई मन्त्रिपरिषद्को बैठकले नै निलम्बन गर्ने निर्णय गर्यो । तर, सरकारले गरेको यो फरमानको मसीसमेत सुक्न नपाई सर्वोच्च अदालतले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दियो । आजदेखि नै गभर्नर अधिकारीले आफ्नो काम सुचारु गरे ।

सर्वोच्चको यो अन्तरिम फैसलाले दिएको सन्देशको गहिरो अर्थ छ भन्ने बुझ्न जरुरी छ सरकार र अर्थमन्त्री शर्माले ।

गर्भनर निलम्बन गर्ने सरकारको निर्णय अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न आदेश दिएर सर्वोच्चले विधिको शासनको अस्तित्व अझै रहेको सन्देश दिएको छ । सर्वोच्चको यो अन्तरिम फैसलाले दिएको सन्देशको गहिरो अर्थ छ भन्ने बुझ्न जरुरी छ सरकार र अर्थमन्त्री शर्माले ।

सर्वोच्चको उक्त आदेशले सरकार र यसका अर्थमन्त्रीको कति कच्चा काम थियो भन्ने पनि प्रष्ट पारेको छ ।

अर्थमन्त्री शर्माले राष्ट्र बैंक मन्त्रालयको शाखा कार्यालय हो भन्ने बुझ्नु आफैँमा गलत थियो । देशको ढुकुटी चलाउने जिम्मा लिएर बस्ने अर्थमन्त्रीको जंगली व्यवहारले देशको अर्थतन्त्रमाथि नकारात्मक असर पर्छ भन्ने हेक्का राख्न नसक्नु आफैँमा उदेकलाग्दो कुरा हो । मुलुकले कस्तो व्यक्तिलाई देशकै ढुकुटीको साँचो सुम्पिएको रहेछ भनेर आमजनता पश्चातापमा पर्नु आफैँमा विडम्बनापूर्ण कुरा हो ।

देशको वित्तीय स्थायित्व कायम गर्न अविच्छिन्नरूपमा काम गर्ने दायित्व बोकेको संस्थामाथि अर्थमन्त्री शर्माले गरेको प्रहार निन्दनीय त छँदैछ, उत्तिकै दण्डनीय पनि ।

राष्ट्रको केन्द्रीय बैंकको स्वायत्ततामाथि निशाना लगाउने मन्त्री शर्माको लहडलाई गम्भीररूपमा लिन जरुरी छ । देशको मौद्रिक नीति निर्माण गर्ने संस्थाको मनोबल गिराएर अर्थमन्त्री शर्माले कसलाई रिझाउन खोजेका हुन् ? देशको वित्तीय स्थायित्व कायम गर्न अविच्छिन्नरूपमा काम गर्ने दायित्व बोकेको संस्थामाथि अर्थमन्त्री शर्माले गरेको प्रहार निन्दनीय त छँदैछ, उत्तिकै दण्डनीय पनि ।

मुलुकको अर्थतन्त्र बिरामी भएको विमर्श चलिरहेको बेला अर्थमन्त्री शर्माले गरेको यो अपराधको सजाय भनेको उनले नैतिकता प्रदर्शन गर्दै पदबाट राजीनामा दिनु नै हो ।

मुलुकको अर्थतन्त्र सुधारको जिम्मेवारी बोकेको अर्थमन्त्रीबाट देशको संवेदनशील स्वायत्त निकायमाथि राजनीतिक हस्तक्षेप हुनु मुलुककै लागि लज्जाको विषय हो ।

मुलुकको अर्थतन्त्र सुधारको जिम्मेवारी बोकेको अर्थमन्त्रीबाट देशको संवेदनशील स्वायत्त निकायमाथि राजनीतिक हस्तक्षेप हुनु मुलुककै लागि लज्जाको विषय हो । यसैले, सर्वोच्चको उक्त आदेशपछि अर्थमन्त्रीको पदमा बसिरहने नैतिक छुट शर्मालाई छैन । यदि, अर्थमन्त्री शर्मासँग नैतिकताको केही अंश बाँकी छ भने अविलम्ब पदबाट राजीनामा दिनु नै उनी र मुलुककै हितमा हुनेछ । नत्र मुलुकको समग्र अर्थतन्त्रको लय बिग्रिने निश्चित छ ।

यो पनि…
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ
कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।