English

३६.७३ अंकले घट्यो नेप्से



बुधबार नेप्से परिसूचक ३६.७३ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.३७ अंक बढेर बन्द भएको नेप्से, यस दिन ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इन्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९२ अंक घटेको छ।

नेप्से घटे पनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३२ करोड रुपैयाँको शेयर खरिद-बिक्री भएको बजारमा यस दिन २२८ स्टकको ३२ हजार ५०६ पटकको कारोबारमा १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ३५ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जाल्पा लघुवित्त र ग्रीन भेन्चर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जाल्पा लघुवित्तको सेयरमूल्य यस दिन ५८ रुपैयाँ ६० पैसा बढेर ६४५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, ग्रिन भेन्चर्सको सेयरमूल्य २९ रुपैयाँ ८० पैसा बढेर ३२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस दिन नेष्डो समृद्ध लघुवित्तको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन ३०१ रुपैयाँ १० पैसा घटेर २ हजार ७१० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेष्डो समृद्ध लघुवित्त नै शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ४ हजार ६७५ पटकको कारोबारमा १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया बैंकको ५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक ३.०५ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
शेयर बजारमा इतिहास कायम भएको वर्ष
पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउँदै जानु नै उत्तम विकल्प



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।