English

‘दगंल’को कलेक्सनलाई पछाडि छाड्ने दौडमा ‘केजीएफ २’



साउथ स्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ले बक्सअफिसमा कमाईको रफ्तारलाई कम हुन दिएको छैन । विश्वभर आक्रामक कमाई गरिरहेको फिल्मले बलिउडका ‘ए लिस्टर’ फिल्मको कलेक्सनलाई समेत पछाडि पारेको छ । फिल्मले हिन्दी भर्सनमा प्रदर्शनको ५ दिनमा २ सय १९ करोड ५६ लाखको कमाई गरेको छ । फिल्मले पहिलो दिन मात्रै ५३ करोड कमाएको थियो ।

त्यस्तै, फिल्मले दोस्रो दिन हिन्दी भर्सनमा ४६ करोड ७९ लाख, तेस्रो दिन ४२ करोड ९० लाख, चौथो दिन ५० करोड ३५ लाख र पाँचौ दिन २५ करोड ५७ लाखको कमाई गरेको ट्रेन्ड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत् जानकारी गराएका छन् । ‘केजीएफ २’ले आमिर खानको सुपरहिट फिल्म ‘दगंल’को लाइफटाइम कलेक्सनलाई समेत केही दिनमा पछाडि पार्ने संकेत देखाएको छ ।

फिल्मले प्रदर्शनको पाँच दिनमा विश्वभरबाट ६ सय २५ करोड १२ लाखको कमाई गरेको साउथका ट्रेड एनालिस्ट मनोबाला विजयबालनले जानकारी दिएका छन् । उनका अनुसार, भारतमा सबैभन्दा ठूलो कमाई गर्ने फिल्मको ९ नम्बरको सूचिमा ‘केजीएफ २’ले आफ्नो स्थान बनाएको छ । फिल्मले प्रदर्शनको ९/१० दिनमा विश्वभरबाट हजार करोड छाप्ने अनुमान गरिएको छ ।

प्रशान्त नीलद्वारा निर्देशित फिल्ममा सञ्जय दत्त, रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ । फिल्म कन्नड, तेलुगु, हिन्दी, तमिल र मलयालम भाषामा रिलिज भएको ‘केजीएफ २’ले नेपालमा समेत बोरामा पैसा भरिरहेको छ । दर्शकहरुले फिल्मको एक्सन पार्टलाई विशेष मन पराएका छन् । यो फिल्मले यशको करिअरलाई थप उचाइँमा पुर्‍याएको छ ।

यो पनि…
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)
अनुपम खेरले सार्वजनिक गरे ‘उचाइ’ लुक्स



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested