English

११ करोड ७८ लाख रुपैयाँ बराबरको आईपीओ आउँदै, कुन-कुन कम्पनीले खुलाउँदैछन् ?



धितोपत्र बजारमा फेरि ११ करोड ७८ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) आउने भएको छ । दुई वटा लघुवित्त कम्पनी अभियान र आत्मनिर्भरले कुल ११ करोड ७८ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ७८ हजार ३८० कित्ता आईपीओ जारी गर्ने भएका हुन् । यी दुई लघुवित्तले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

निवेदन अनुसार अभियान लघुवित्तले १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डसँग माग गरेको छ ।
यस्तै, आत्मनिर्भर लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आइपीओका लागि अनुमति मागेको छ । अभियान लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ भने आत्मनिर्भर लघुवित्तको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डले अनुमति दिए यी दुई कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउने छन् ।

यो पनि…
शेयर बजारमा इतिहास कायम भएको वर्ष
पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउँदै जानु नै उत्तम विकल्प



सम्बन्धित खबरहरु

काठमाडौं :  नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रा.लि., शंकर समूह अन्तर्गतको एक प्रतिष्ठित कम्पनीले अब व्यावसायिक विद्युतीय सवारी साधन (इभी)

काठमाडौं । नाडा अटो शो २०२५ आगामी भदौ तीन गतेदेखि सुरु हुने भएको छ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले शुक्रबार काठमाडौंमा

काठमाडौं, २०८२ असार १९ —बहुप्रत्याशित् नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

काठमाडौं,असार २७ : नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता

Latest










Popular
Suggested