English

‘अयोग्य’ गभर्नर कि अर्थमन्त्री ?




नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि आफ्नो काममा फर्किने भएका छन्। सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअ आएसँगै उनी १२ दिनपछि कार्यालय जान लागेका हुन् ।

गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने बताएका छन्।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

यसअघि, अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो।

तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ।

यसअघि, सरकारले सूचना चुहाएको र अर्थतन्त्र बिगारेको भन्दै गर्भनर अधिकारीलाई निलम्बन गरेको थियो । मन्त्रीपरिषद् बैठकबाट तीन सदस्यीय छानबिन समिति गठन भएलगत्तै गर्भनर अधिकारी निलम्बनमा परेका थिए । 

निलम्बनमा परेपछि सरकारविरुद्धको रिट लिएर गर्भनर अधिकारी सर्वोच्च पुगेका थिए । उनी निलम्बन खारेजीको माग गर्दै वैशाख ४ गते सर्वोच्च पुगेका थिए ।

निलम्बनमा परेपछि सरकारविरुद्धको रिट लिएर गर्भनर अधिकारी सर्वोच्च पुगेका थिए । उनी निलम्बन खारेजीको माग गर्दै वैशाख ४ गते सर्वोच्च पुगेका थिए ।

अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग

अर्थमन्त्रीले सहकार्य गर्न ‘अयोग्य’ ठानेका गभर्नर नै अदालतको आदेशसहित राष्ट्र बैंक फर्किएपछि नैतिकताका आधारमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानबिन भइरहेका र सर्वोच्चमा विचाराधीन रहेका विषयलाई बेवास्ता गर्दै अर्थमन्त्री शर्माले शङ्कास्पद खातामा रहेको रकम खुला गरिदिन राष्ट्र बैंकलाई निर्देशन दिएका थिए।

अवैध रूपबाट आर्जन भएको धन खुला गर्न अर्थमन्त्रीले दबाब दिएको चर्चा थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानबिन भइरहेका र सर्वोच्चमा विचाराधीन रहेका विषयलाई बेवास्ता गर्दै अर्थमन्त्री शर्माले शङ्कास्पद खातामा रहेको रकम खुला गरिदिन राष्ट्र बैंकलाई निर्देशन दिएका थिए।

यो विषयमा समाचार प्रकाशित भएपछि अर्थमन्त्रीले गभर्नरलाई निलम्बन गरेका थिए।

यो पनि
चर्को आलोचनापछि विदेशीलाई दुई सय डलर ल्याउन गरिएको अनुरोध स्थगन
मुलुकको अर्थतन्त्र खराब नभएको अर्थमन्त्रीको दाबी



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।