English

साबुनमा फिज सेतो आउनुको कारण



हामी सबैले आ–आफ्नो रोजाइअनुसार विभिन्न प्रकारका साबुनको प्रयोग गछौं । नुहाउनेदेखि लुगा धुने धेरै थरीका साबुन बजारमा पाइन्छ । जुन विभिन्न आकार, साइज र रंगहरूमा उपलब्ध छन् । तर, सबै साबुनबाट फिज जहिले पनि सेतो किन निस्कन्छ ? जान्नुहोस् ।

विज्ञानका अनुसार कुनै पनि साबुनले हात धुँदा त्यसको रंग कतै हराउँछ र सेतो मात्रै निस्कन्छ । अझ कुनै पनि चीजको आफ्नै रंग हुँदैन । यदि, कुनै पनि चिजको रंग हुनुको पछाडिको कारण प्रकाशको किरण हो ।

कुनै चिजले प्रकाशका सबै किरणहरू अवशोषित गर्छ भने त्यो वस्तु कालो देखिन्छ । अर्कोतर्फ, यदि कुनै चीजले प्रकाशका सबै किरणहरू प्रतिबिम्बित गर्छ भने, त्यो चीज सेतो देखिन्छ । साबुनकोे मामिलामा पनि त्यस्तै छ ।

एथेन्स साइन्सको रिपोर्टका अनुसार साबुन जुनसुकै रङको हुन सक्छ, जब यो साबुन बन्छ, त्यसमा हावा, पानी र साबुन हुन्छ । यी गोलो आकारका र बुलबुले रूपमा देखिन्छन् । जब प्रकाशका किरणहरू साबुनमा पर्छ, र साबुन प्रतिबिम्बित हुन्छ । यस कारण, यी पारदर्शी बुलबुले सेतो देखिन्छन् ।

जब प्रकाशको किरणहरू साबुनमा पर्छ, तब साबुन प्रतिबिम्बित हुन्छ । यही कारण हो कि साबुन हरियो, पहेंलो, नीलो वा सेतो होस फिज सधैं सेतो निस्कन्छ ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको