English

चर्को आलोचनापछि विदेशीलाई दुई सय डलर ल्याउन गरिएको अनुरोध स्थगन



चर्को आलोचनापछि गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोध स्थगन गरेको छ ।

‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरूलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने,’ गृह मन्त्रालय अन्तर्गतगको अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै भनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी सहजीकरण प्रयोजनका लागि २०० अमेरिकी डलर साथमा ल्याउन टीआईए अध्यागमन कार्यालयले वैशाख तीन गते एक सूचना प्रकाशित गरी भनेको थियो ।

सो निर्णयको व्यापक आलोचना भएपछि अध्यागमनले आज अर्को सूचना प्रकाशित गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको हो ।

मंगलबार अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा टिआइए नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक, अध्यागमन कार्यालय टिआइएका प्रमुख, राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरुको उपस्थितिमा छलफल गरी उक्त निर्णय स्थगित गरिएको हो ।

टीआईएमा हाल सेवा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सञ्चालनमा रहेको पिओएस मेसिनहरू थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने, आगमन कक्षतर्फ एउटा र प्रस्थान कक्षतर्फ एउटा एटीएम मेसिन थप गर्ने गरी आवश्यक प्रबन्ध मिलाउने निर्णय समेत गरिएको छ ।

भिसा शुल्क सम्बन्धमा कुनै असुविधा परेको-नपरेको विषयमा टीआईए अध्यागमन कार्यालय, नागरिक उड्डयन कार्यालय र राष्ट्रिय वाणिज्य बैंकले नियमित अनुगमन र निगरानी गरी तत्काल सूचना आदान प्रदान मार्फत समस्या समाधान गर्ने निर्णय समेत गरिएको आज प्रकाशित सूचनामा उल्लेख छ ।

यो पनि…
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ
युक्रेनको बाछिटा नेपाली बजारमा



सम्बन्धित खबरहरु

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा