English

मोदीलाई शहबाज सरिफले पठाएको पत्रमा के छ ?



पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबीचका बाँकी मुद्दाहरूको शान्तिपूर्ण समाधानमा जोड दिएका छन् । सरिफले एउटा पत्र लेखेर मोदीलाई यस्तो आग्रह गरेका हुन् ।

यसअघि, मोदीले पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा शहबाज सरिफलाई बधाइ दिँदै पठाएको पत्रको जबाफमा सरिफले पनि पत्र पठाएका हुन् ।

पत्रमा सरिफले अर्थपूर्ण भारत–पाकिस्तान सम्बन्धबाट दुई देशका जनता र क्षेत्रको सामाजिक–आर्थिक विकास हासिल गर्न सकिने बताएका छन् ।

अर्थपूर्ण सम्बन्धबाट नै जम्मु र कश्मीरसहित सबै बाँकी विवादहरूको शान्तिपूर्ण समाधान हुने प्रधानमन्त्री सरिफले आशा गरेका छन् ।

शरीफले पाकिस्तान र भारतबीचको ‘शान्तिपूर्ण र सहयोगी’ सम्बन्ध दुई देश र क्षेत्रका जनताको सामाजिक–आर्थिक विकासका लागि आवश्यक रहेको बताए ।

सार्थक वार्ता र जम्मु तथा कश्मीरको मूल मुद्दासहित सबै बाँकी विवादहरूको शान्तिपूर्ण समाधानमा सरिफले जोड दिएका छन् ।

त्यस्तै केही दिनअघि सरिफलाई पठाएको पत्रमा मोदीले भारत पाकिस्तानसँग रचनात्मक सम्बन्ध चाहेको बताएका थिए ।
यस्तै सरिफले आफू क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका थिए ।

इमरान खानमाथि संसदमा पेस भएको अविश्वासको प्रस्ताव संसदबाट पारित भएपछि ११ अप्रिलमा शहबाज सरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

यो पनि
युक्रेनले गर्‍यो आफ्ना नागरिकलाई यस्तो आग्रह
को बन्ला इमरान खानको उत्तराधिकारी ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested