English

कुन-कुन ठाउँमा जाँदैन मेलम्चीको पानी ?

कीर्तिपुर, भक्तपुरमा खानेपानी कहिले ?


मेलम्ची खानेपानीको वितरणमा असमानता देखिएको छ । कुनै ठाउँमा चौबीसै घण्टा पानी वितरण गरिएको छ भने कुनै ठाउँ पाइपलाइनको काम नै विस्तारमै छ । दशकौँपछि सफल भएको खानेपानीको योजनाबाट काठमाडौं उपत्यका भरी नै पानी वितरण हुने आशा जनमानसमा थियो । तर मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाभर वितरण हुन सकेको छैन ।

चैत २० देखि मेलम्ची खानेपानी उपत्यकामा वितरण गर्न थलिएको हो । तर, उपत्यकाभरी पानी वितरण गरिएको भने छैन । काठमाडौं उपत्यकाको कीर्तिपुर, कपन,रामहिटी कुलेश्वर, कलङ्की, कोटेश्वरको महादेवस्थान, नरेफाँट, नख्खीपोट, धापाखेल, ठिमी, भक्तपुर र रिङ्गरोड बहिर पानी वितरण गर्न नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राई बताउँछन् । उनी भन्छन्, ‘मेलम्चीको पहिलो फेजको खानेपानी आउने भनेको १७ करोड लिटर हो । त्यसमा पनि सुरुको चरणमा साढे ८ करोड लिटर मात्रै पानी वितरण गर्दैछौँ । जसमा उपत्यकाका कोर क्षेत्रमा जहाँ पुरानो पाइपलाइन रहेको छ, त्यहाँ मात्रै पानी वितरण गरेका छौँ ।’

,‘पुरानो पाइपलाइनमा २ सय ३३ ठाउँबाट चुहावटको समस्या देखिएको छ । जसमध्ये २ सय ठाउँमा मर्मत गरिएको छ । र अरु ठाउँमा मर्मत गर्ने क्रम जारी छ ।’

राईका अनुसार उपत्यकाका ७ पुराना बस्तीहरूमा पानीको पुरानो पाइपलाइन रहेको छ, जसबाट पानी वितरण गरिदै छ । जसमा बालाजु, बाँसबारी, महाराजगञ्ज, पानी पोखरी, महाङ्कालचौर, मिनभवन, अनामनगर, खुमलटार र रिङ्गरोड भित्रका क्षेत्र रहेका छन् । यसमध्ये पाइलट प्रोजेक्टद्वारा अनामनगरमा नयाँ पाइपलाइन विछ्याइएको छ । र, त्यस क्षेत्रमा चौबीसै घण्टा नै पानी वितरण गरिएको छ । राई भन्छन्, ‘अनामनगरमा क्षेत्रमा पाइलट प्रोजेक्टअन्तर्गत हामीले ७ सय २२ धारामा चौबीसै घण्टा परीक्षणको रूपमा पानी वितरण गरेका छौ । र, अरु ठाउँमा एक देखि दुई दिन बिराएर पानी वितरण गर्ने गरेका छौँ ।’

भक्तपुर, ठिमी र कीर्तिपुरमा खानेपानी कहिले पुग्ने अनिश्चित रहेको राईले बताए । उनले भने, ‘पुराना पाइपलाइन परीक्षण गरी हामीले खानेपानी वितरण गर्दैछौँ तर जुन क्षेत्रमा पुराना पाइप विस्तार गरिएका छैनन् त्यो क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्नेे काम भइरहेको छ । त्यो काम भइसकेपछि मात्र पानी वितरण हुन्छ ।’

मेलम्ची खानेपानी वितरण पहिलो प्राथमिकता काठमाडौं जिल्लावासीलाई दिइने, त्यसपछि अन्य जिल्लालाई दिइएको ठिमीका शाखा प्रवन्धक मनिष ढुङ्गानाले बताए ।

त्यसैगरी, खानेपानी पुरानो पाइपलाइनबाट वितरण गर्दा पानी चुहावट हुने समस्या देखिएको उनले बताए । राईले भने,‘पुरानो पाइपलाइनमा २ सय ३३ ठाउँबाट चुहावटको समस्या देखिएको छ । जसमध्ये २ सय ठाउँमा मर्मत गरिएको छ । र अरु ठाउँमा मर्मत गर्ने क्रम जारी छ ।’ उनका अनुसार पुरानो पाइपहरूबाट घरमा जडान गरिएको पाइपबाट पानी चुहावटको समस्या सबैभन्दा बढी देखिएको छ ।

मेलम्ची खानेपानी वितरण पहिलो प्राथमिकता काठमाडौं जिल्लावासीलाई दिइने, त्यसपछि अन्य जिल्लालाई दिइएको ठिमीका शाखा प्रवन्धक मनिष ढुङ्गानाले बताए । ठिमी शाखामा एकदेखि दुई महिनामा मेलम्चीको खानेपानी पुग्ने बताउँदै उनले भने, ‘मनोहरा खोलामा २० देखि ४० मिटर पाइपलाइन जडान गर्न बाँकी छ । त्यो जोडेपछि मेलम्ची खानेपानी ठिमीमा आइपुग्ने छ ।’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested