English

पल प्रकरण : नाबालिगले बयान फेरेपछि घटनाले लियो नयाँ रूप



पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् ।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रूप लिने देखिएको छ ।

जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ ।

जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ ।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका थिए । हाल उनी तनहुँ कारागारमा छन् ।

बुवाको थप बयान बाँकी

नाबालिग गायिकाले बयान फेरेपछि यसका विभिन्न पक्षबारे आशंका उब्जिएको छ । तर, पीडितले बयान फेरे पनि प्रमाणका आधारमा प्रक्रिया अघि बढ्ने स्रोतको भनाइ छ । बयानलाई मात्र नभएर अदालतमा पेस गरिएका प्रमाणलाई पनि आधार मानिने उनको भनाइ छ ।

‘पीडितले सामान्य बोली फेरेकी छन् । अरु सबै हो भन्छिन् सम्बन्ध हैन भनेकी छिन्’, तनहुँ अदालत स्रोतले भन्यो । उनले हैन भने पनि प्रमाणले पुष्टि गर्ने स्रोतको भनाइ छ । पीडित भनिएको नाबालिगको मात्र बयान भएको र आरोपपत्र दायर गर्ने उनका बुवाको बयान भने बाँकी नै रहेको अदालत स्रोतको भनाइ छ ।

बुवाको बयानमा के आउँछ त्यसपछि अन्य कुराबारे स्पष्ट हुनेछ । पीडितको बकपत्र सकिएको छ । पीडितको बुवा आएको खण्डमा सोमबार वकपत्र हुनेछ

बुवाको बयानमा के आउँछ त्यसपछि अन्य कुराबारे स्पष्ट हुनेछ । ‘पीडितको बकपत्र सकिएको छ । पीडितको बुवा आएको खण्डमा सोमबार वकपत्र हुनेछ’, अदालत स्रोतले भन्यो ।

यो पनि
पल प्रकरण : पीडित ‘नाबालिग’ले फेरिन् बयान
पल–समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।