English

बिस्का जात्रामा ‘हाकुपटासी’ को रौनक (फोटो फिचर)



काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका परम्परागत साँस्कृतिक जात्रामध्ये बिस्का जात्रा पनि एक हो । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले ‘बिस्केट’ भनेर चिनिन्छ । तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा शुरु मनाइन्छ । नयाँ वर्षको आगमनसँगै शुरु हुने बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसँग मनाइन्छ ।

आइतबार (आज) द्यःसँग विइगु (देवतालाई सगुन दिने) कार्यक्रममा तःमारी (न्यातपोल परिसर) मा स्थानीय महिला हाकुपटासीमा सजिएर सहभागी भएका थिए । जात्रा विदेशी पर्यटकले पनि अवलोकन गरेका थिए ।

जात्राको आठौँ दिन द्यो स्वगं पूजा (सगुन जात्रा) का अवसरमा स्थानीय भक्तजनले भोज चढाएका थिए । सगुन जात्रामा देवी देवताहरूलाई आ–आफ्नो गच्छेअनुसारको परिकार चढाउने परम्परा छ ।

बिस्का जात्राको आठौँ दिन द्यो स्वगं पूजा (सगुन जात्रा) का अवसरमा परम्परागत पोसाकमा सजिएर बाँसुरी बजाइ नगर परिक्रमा गर्दै बाँसुरी खलः आज बिहानैदेखि परम्परागत धिमेबाजा, बाँसुरीबाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा देवीदेवताको परिक्रमा गरी सगुन पूजा गरेर जात्रा मनाइएको हो ।

यो पनि…
हर्षोल्लासका साथ मनाइयो सुथ : सिया जात्रा
भक्तपुरको बिस्केट जात्रामा बबाल



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested