English

७० देशले लिए हिमाल आरोहणको अनुमति, झण्डै ४० करोड राजस्व संकलन



यसवर्ष नेपालका विभिन्न हिमाल आरोहण गर्न रुस र युक्रेनसहित विश्वका ७० देशका ७३८ जना आरोहीले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई आरोहणको अनुमति दिएको हो ।

विभागका अनुसार हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

यसवर्ष सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणको लागि हालसम्म २६२ जनाले अनुमति लिइसकेका छन् ।

हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी रहेका छन् । विभागका अनुसार हालसम्म ११७ जना अमेरिकीले हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् ।

यस्तै, बेलायतबाट ७४, नेपालबाट ५५ जना, भारतबाट ५५ जना, फ्रान्सबाट ५० जना, क्यानडाबाट २८, रुसबाट २५, अष्ट्रेलियाबाट २४, इरानबाट १८, जापनबाट १२, आयरल्याण्डबाट १०, नेदरल्याण्ड्सबाट १४, नर्वेबाट १२, दक्षिण कोरियाबाट १४, रोमानियाबाट ११ र युक्रेनबाट १ जनाले यसवर्ष हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।

एन्डोरा, अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, ब्राजिल, बुल्गेरिया, चिली, चीन, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, इक्वेडर, इजिप्ट, एल साल्भाडोर, फिनल्याण्ड, जर्जिया, जर्मनी, ग्रीस, होण्डुरस, हङकङ, इराक, आयरल्याण्ड, इजरायल, इटाली, कजाकास्तान, केन्या, लिथुवानिया, मलेसिया, मेक्सिको, मंगोलिया, मोरोक्को, न्युजल्याण्ड, न्युजल्याण्ड, ओमान, पाकिस्तान, पेरु, पोल्याण्ड, पोर्चुगल, कतार, कोसोभो, मेसेडोनिया, रोमानिया, साउदी अरब, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वाजील्याण्ड, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, उरुग्वे र भियतनाम लगायतका देशका नागरिकले पनि हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।

हिमाल आरोहणको लागि अनुमति दिने क्रममा हालसम्म ३९ करोड ५१ लाख ७० हजार २३१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । सगरमाथा आरोहण गर्नेहरुबाट मात्र ३३ करोड २१ लाख १४ हजार १०० रुपैयाँ राजस्व उठेको छ ।

विभागका अनुसार यसवर्ष हिमाल आरोहण गर्न अनुमति लिनेमध्ये ५८३ जना पुरुष र १५५ जना महिला रहेका छन् ।

यो पनि…
वर्ष २०७८ : पर्यटनमा निराशासँगै उत्साह
प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार