English

बिहानको नास्ताले बनाउँछ दिनभरि ऊर्जाशील



बिहानको खाजा दिनको पहिलो आहार हो । दिनको शुरुवात गर्नको लागि, शरीरलाई ऊर्जा चाहिन्छ, जुन पौष्टिक स्वस्थ नास्ताबाट मात्र प्राप्त गर्न सकिन्छ । यद्यपि, मानिसहरू प्रायः दिनको सबैभन्दा महत्त्वपूर्ण आहार छोड्छन् ।

१२ घण्टाभन्दा बढीको अन्तरालपछि पहिलो खाना खाँदा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । बिहानको खाजा नखाँदा धेरै साइड इफेक्ट हुन सक्छन् । त्यसैले, बिहानको खाजा महत्त्वपूर्ण छ ।

वजन बढ्छ

जब तपाईं लामो समयसम्म भोको बस्नुहुन्छ । शरीर उच्च क्यालोरी खानाको लागि इच्छुक हुन्छ । त्यसपछि, आफ्नो भोक कम गर्न मीठो र चिल्लो खाना खानुहुन्छ । यसले तौल बढाउने काम गर्छ ।

मधुमेहको जोखिम

बिहानको खाजा खानुहुन्न र लामो समयपछि खानुहुन्छ भने रगतमा चिनीको स्तर अचानक बढ्छ जसले शरीरलाई ऊर्जा प्रदान गर्दछ । यस प्रक्रियामा, मानिसहरू टाइप २ मधुमेह विकासको उच्च जोखिममा हुन्छ ।

पाचन प्रणालीमा असर

हाम्रो शरीरलाई बिहान काम गर्न ऊर्जा चाहिन्छ । जब, तपाईं दिनको पहिलो आहार छोड्नुहुन्छ, यसले पाचन प्रक्रियालाई बाधा पु¥याउँछ र प्रक्रियालाई सुस्त बनाउँछ ।

प्रतिरक्षा प्रणाली कम हुन्छ

बिहानको खाजामा शरीरको प्रतिरक्षा प्रणालीलाई जगाउन, ब्याक्टेरिया र भाइरससँग लड्न आवश्यक पोषक तत्त्वहरू हुन्छन् । बिहानको खाजा नखाँदा तपाईंको प्रतिरक्षा प्रणालीले राम्रोसँग काम गर्न सक्दैन, जसका कारण तपाईं रोगको शिकार बन्नुहुनेछ ।

यो पनि…
हिँड्नुका फाइदा
उल्टो हिँड्दा हुने फाइदा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested