English

मेलम्चीको पानी अझै वितरण भएन



काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण मेलम्चीको पानी वितरण हुनसकेको छैन । काठमाडौँ उपत्यकाकाे चक्रपथभित्रका धेरै स्थानमा खानेपानी वितरण भैरहेपनि आयोजना कार्यन्वयन निर्देशनालयले केही स्थानमा संरचना बनाइरहेको कारण पानी वितरण हुन नसकेको हो ।

कतिपय स्थानमा पाइप बिच्छ्याउन, लिफ्ट बनाउन वा ‘क्रसिङ’ मा आवश्यक संरचना बनिनसकेको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पानी वितरण हुने स्थानमा मध्यपुर ठिमी, भक्तपुर, कीर्तिपुरलगायतका स्थानमा संरचना बन्न बाँकी भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

शाक्यका अनुसार चक्रपथभित्र र आसपासका क्षेत्रमा मात्रै अहिले पानी वितरण भइरहेको छ । उनले भने, ‘कीर्तिपुर र भक्तपुर जिल्लामा थप पानी आएपछि र संरचना बनिसकेपछि मात्र पानी वितरण हुनेछ ।’ लिमिटेडले कीर्तिपुरमा लिफ्ट बनाइरहेको छ र त्यो बनिसकेपछि त्यहाँ पानी वितरण हुनेछ ।

मध्यपुरमा क्रसिङमा आवश्यक संरचना निर्माण भएको छ । त्यो ‘सेटिङ’ हुन कम्तीमा २८ दिन लाग्ने निर्देशनालयका सूचना अधिकारी जगत प्रजापतिले बताए । उनका अनुसार त्यहाँ काम शुरु भएको दुई साता भयो । अबको दुई सातामा पानी वितरण गर्न सकिने उनले बताए उनले भने, ‘ठिमीको ट्याङ्कीमा पानी गइसकेकाले अब दुई हप्तामा त्यस क्षेत्रका बासिन्दाले पनि पानी पाउनेछन् ।’

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेलम्ची खोपानी आयोजना निर्माण शुरु भएको दुई दशकमा सम्पन्न भएपछि अहिले उपत्यकामा पानी ल्याइएको छ । मेलम्चीको पानी काठमाडौँसम्म ल्याउन सुरुङ, ‘हेडवर्क’ र प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी मेलम्ची खानेपानी आयोजनाको रहेको थियो । यसमध्ये सुरुङ र प्रशोधन केन्द्र सम्पन्न भएकाले पानी वितरण भइरहेको छ ।

सुन्दरीजलबाट उपभोक्ताका घर–घरसम्म पानी वितरणका लागि आवश्यक ट्याङ्की र पाइपलाइन बनाउने काम आयोजना कार्यन्वयन निर्देशनालयले गरिरहेको छ । पानीको वितरणको काम लिमिटेडले गरिरहेको छ ।

निर्देशनालयले उपत्यकामा १० स्थानमा ट्याङ्की निर्माण गर्ने योजना बनाएकोमा अहिलेसम्म ९ ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा एउटा निर्माण भइरहेको छ । यी सबै पोखरीमा निर्देशनालयले परीक्षणसमेत गरिरहेको छ । अहिले उपत्यकामा अधिकांश स्थानमा पुरानै पाइपलाइनबाट पानी वितरण भइरहेको निर्देशनालयले जनाएको छ ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली