English

जेसीबीले भत्काएर दिउँसै पुल चोरी



चोरीका धेरै अनौठा घटनाहरूले सुन्नुभएको होला तर चोरहरूले पुल नै चोरेको सुन्नुभएको छ ? बिहारको रोहतास जिल्लाबाट चोरीको यो अनौठो घटना बाहिरिएको छ । ६० फिट लामो पुल चोरले लगेका छन् ।

बिहारको रोहतास जिल्लाको नसरीगञ्ज थाना क्षेत्रको अमियावर क्षेत्रमा एउटा नहर छ । यो नहरमा बनेको फलामको पुल रातारात गायब भएको छ । पुल हराएको खबर सार्वजनिक भएपछि मानिसहरू छक्क परेका छन् ।

जेसीबीबाट दिउँसै पुल उचालेर ट्रकमा अपलोड

मानिसहरू गएर हेर्दा नहरमा बनेको ६० फिट लामो, १० फिट चौडा र १२ फिट अग्लो पुल हराइरहेको पाइएको थियो । चोरहरूले दिउँसै जेसीबीबाट उक्त पुल उचालेर ट्रकमा फलाम लगाएर लगेको बताइएको छ ।

चाखलाग्दो कुरा के छ भने सिँचाइ विभागको अधिकृत भएको बहानामा चोरहरूले स्थानीय विभागीय कर्मचारीको सहयोग र उनीहरूकै उपस्थितिमा पूरै पुल चोरेका छन् ।

केही दशक पुरानो नहरमा रहेको पक्की पुलको समानान्तर २५ फिटको दूरीमा फलामको पुल थियो । उक्त पुलभन्दा पहिले पनि कैयौँपटक चोरहरूले फलाम निकालेर पिकअपमा चढाएको गाउँलेले बताए । तर, यसपटक चोरहरूले ६० फिट लामो पुल चोरेका छन् । पुलबाट निकालिएको फलाम चोरहरूले कहाँ लगे भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

सोमबार चोरहरूले जेसीबी अनि ट्रक ल्याएको र दिउँसो पुल भत्काएको गाउँलेले बताए । गाउँलेहरूले प्रश्न सोध्दा चोरहरूले आफू सिँचाइ विभागको कर्मचारी भएको बताए । त्यसपछि, कटरले पुलको फलाम काटेर ट्रकमा चढाएर लगे ।

पहिले मानिसहरू डुङ्गाबाट नहर पार गर्ने गर्दथे । सन् १९६६ मा यात्रुले भरिएको डुंगा नहरमा डुबेको गाउँवासी बताउँछन् । त्यसपछि, सन् १९७२ र १९७५ को बीचमा फलामको पुल बनेको थियो ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार