English

‘खाजामा ग्वारामरी भनेपछि हुरुक्कै हुन्थेँ’



नायक सविन श्रेष्ठले एक्सन हिरोको छवि बनाएका छन् । चलचित्र ‘हमेशा’ बाट आफ्नो अभिनय यात्रा शुरु गरेका सविनलाई चलचित्र ‘हमेशा’ ले नै धेरै दर्शक माझ चिनायो ।

कुनै समय एकदमै व्यस्त कलाकारको सूचीमा पर्ने उनी अहिले भने युट्युबमा सविन श्रेष्ठ ब्लगमार्फत चर्चामा छन् । नायिका अनु शाहको प्रेम सम्बन्धको कारण पनि उनी बेलाबेलामा चर्चामा आइरहन्छन् ।

सविन श्रेष्ठको बाल्यकाल काठमाडौं, न्युरोडमा बित्यो । उनी सानोमा एकदमै चञ्चले स्वभावका थिए । बाल्यकालसँग जोडिएको हरेक कुरा उनलाई विशेष लाग्छ ।

बाल्यकालमा ग्वारामरी मलाई एकदमै मन पथ्र्यो । न्युरोडमा जन्मिएको र हुर्किएको भएर पनि होला बिहानको खाजामा म प्रायः ग्वारामरी खान्थेँ ।

आफ्नो बाल्यकाललाई सम्झँदै उनी भन्छन् । बाल्यकालमा हरेक कुराहरू विशेष लाग्ने गथ्र्यो । सानो–सानो कुराले पनि धेरै खुसी दिन्थ्यो । त्यो बाल्यकाल फर्केर त आउँदैन तर बाल्यकालको यादहरू भने सधैँ ताजा नै छन् ।

बाल्यकालको हरेक कुरा विशेष भएजस्तै बाल्यकालमा खाएको खानेकुरा पनि उनलाई विशेष लाग्छ । बाल्यकालमा खाएको खानेकुरामध्ये उनलाई ग्वारामरी एकदमै मनपर्छ ।

बाल्यकालमा खाएको खानेकुरा सम्झँदै उनी भन्छन् ‘बाल्यकालमा ग्वारामरी मलाई एकदमै मन पथ्र्यो । न्युरोडमा जन्मिएको र हुर्किएको भएर पनि होला बिहानको खाजामा म प्रायः ग्वारामरी खान्थेँ ।’

म सानो हुँदा बजारमा धेरै प्रकारका बिस्कुट तथा पाउरोटीहरू पाइँदैन थियो । पाउरोटी त पाइन्थ्यो तैपनि काटेर खानु पर्ने त्यही पनि त्यो सुक्खा हुने भएकोले मिठो लाग्दैनथ्यो तेलमा पकाएको ग्वारामरी नै बढी मन पर्थ्याे ।

त्यसो त उनलाई ग्वारामरी अहिले पनि उत्तिकै मन पर्छ, तर बाल्यकालमा खाएको ग्वारामरी भने विशेष लाग्ने उनी बताउँछन् । ‘म सानो हुँदा बजारमा धेरै प्रकारका बिस्कुट तथा पाउरोटीहरू पाइँदैन थियो । पाउरोटी त पाइन्थ्यो तैपनि काटेर खानु पर्ने त्यही पनि त्यो सुक्खा हुने भएकोले मिठो लाग्दैनथ्यो तेलमा पकाएको ग्वारामरी नै बढी मन पर्थ्याे ।’

अहिले पनि न्युरोड पुगेको बेला उनी ग्वारामरी ल्याएर खान्छन् । तर, बाल्यकालको जस्तो मिठो स्वाद नभएको सविन बताउँछन् । ‘मैले घरमा पनि बनाउने कोसिस गरे तर बाल्यकालमा खाएको त्यो न्युरोडको जस्तो मिठो ग्वारामरी भने बनाउन सकिनँ ।’

बाल्यकालमा बिहानको खाजामा प्रायः उनी ग्वारामरी खान्थे । अहिले पनि एकदमै ग्वारामरी खान मन लागेको बेला उनी आमालाई बनाउन लगाउँछन् । तर, सानोमा खाएको ग्वारामरी भने एकदमै विशेष लाग्ने उनी सुनाउँछन् ।

पहिलेजस्तो शुद्ध खानेकुरा आजभोलि पाइँदैन । त्यसैले, पनि उनलाई अहिले घरमा बनाएको खाना नै बढी मनपर्छ । त्यसैले, ग्वारामरी खान मन लागेको बेला पनि उनी आमालाई घरमै बनाउन लगाउँछन् ।

अहिले त शुद्ध खानेकुरा कहाँ पाइन्छ र ? हरेक कुरामा मिसावट हुन्छ । त्यसैले, घरमै बनाएको खानेकुरालाई बढी प्राथमिकता दिनुपर्ने सविन बताउँछन् ।

यो पनि…
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।