English

ज्ञानेन्द्र मल्लका फ्यान : ठोक्किएर माफी माग्नेदेखि क्रिकेटर बन्न चाहनेसम्म



ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन् । सन् २००६ देखि राष्ट्रिय क्रिकेट टिममा आबद्ध भएका मल्ल सन् २०१९ मा कप्तान भएका थिए ।

क्रिकेट प्रेमीहरूको मनमा छुट्टै छाप बसाउन सफल ज्ञानेन्द्रलाई माया गर्ने फ्यानहरूको सङ्ख्या पनि धेरै छ । आफ्ना धेरै फ्यानमध्ये केही विशेष फ्यानलाई उनी यसरी सम्झन्छन् ।

मजस्तै क्रिकेटर बन्न चाहने फ्यान

एक जना जीवन यादव भन्ने भाइ छन् । जो मेरो एकदमै क्रेजी फ्यानमा पर्छन् । उनले अहिलेसम्म मेरो एउटा पनि म्याच छुटाएका छैनन् । बेलाबेलामा उनले मलाई फोन पनि गरिरहन्छन् ।

दाइ म तपाईंको एकदमै ठूलो फ्यान हो, मलाई तपाईंजस्तै बन्न मन छ पनि भन्छन् । प्राय सधैँ मलाई फोन र म्यासेज गरिरहने मेरो शुभचिन्तक पनि भन्न रुचाउँछु म त्यो भाइलाई ।

एकदमै धेरै म्यासेज गर्ने फ्यान

धेरै जना फ्यानले फेसबुकमा तथा अन्य सामाजिक सञ्जालमा म्यासेज गरिरहनु हुन्छ । तर, एक जना भने अलि अनौठो लाग्छ मलाई । उहाँले मलाई एकै दिनमा धेरै पटक म्यासेज गर्नुहुन्छ । म तपाईंको एकदमै ठूलो फ्यान हुँ । तपाईंको खेल्ने शैली एकदमै मनपर्छ भनेर म्यासेज गर्नुहुन्छ । उहाँले यति धेरै माया गरेको देखेर खुसी लाग्छ ।

ठोक्किएर माफी माग्ने फ्यान

एकपटक म खेलको सिलसिलामा काठमाडौं बाहिर रहँदा त्यहा गेमको अभ्यास सकेर केहीबेर बाहिर घुम्न निस्किएको थिएँ । म हिँड्दै थिए एक जना मानिस अचानक मसँग ठोक्किनु भयो । माफी मागेर अगाडि बढ्नुभयो, म पनि आफ्नो बाटो लाग्दै थिए । एकैछिन पछि दौडँदै मेरो नजिक आएर मलाई हेर्दै भन्नुभयो, ‘क्रिकेटर ज्ञानेन्द्र मल्ल हैन तपाईं, म तपार्ईंको ठूलो फ्यान हुँ नि ।’ मलाई भेटेकोमा उहाँ एकदमै खुसी पनि हुनुभयो।

एकदमै धेरै सहयोग गर्ने फ्यान

म अलि धेरै जनासँग नखुल्ने व्यक्तिमा पर्छु त्यसैले, धेरै जनासँग नजिक पनि छैन । तर एक जना रवि तिमल्सिना भन्ने भाइ हुनुहुन्छ । उहाँ भने मलाई एकदमै माया गर्ने फ्यानमा पर्नुहुन्छ । उहाँले हरेक कुरामा मलाई साथ दिइरहनुभएको हुन्छ । केही सहयोग चाहिएको खण्डमा पनि उहाँ सहयोगको लागि तयार हुनुहुन्छ । त्यसैले, उहाँ पनि अलि विशेष लाग्छ मलाई ।

यो पनि…
‘कलेजमा पहिलो ब्वाई हुनु दबाब थियो’
‘मार्कसिट सच्याउन काठमाडौं आउँदा कलेज भर्ना भएँ’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।