English

रुनु स्वास्थ्यका लागि राम्रो, जान्नुहोस् यसका ६ फाइदा



मानिस हरेक दिन विभिन्न मानसिक अवस्थाबाट गुज्रिरहेको हुन्छ । कहिलेकाहीँ हामीले ईर्ष्या, घृणा, उदासी र पीडाको भावनाको सामना गर्नुपर्ने हुन्छ । यो भावना हामी भित्र जम्मा भएको कारणले हामी पूर्ण रूपमा टुक्रिन्छौँ र मन धेरै भारी महसुस हुन्छ । तिनीहरूलाई बाहिर निकाल्ने एउटै उपाय छ र त्यो हो रुनु । रोए पछि हल्का महसुस हुन्छ । धेरै मानिसहरू रुनु कमजोरीको लक्षण हो भन्ने विश्वास गर्छन् । हाँस्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । त्यसैगरी रुँदा पनि केही स्वास्थ्य लाभ हुन्छ । जसरी पिसाबको माध्यमबाट हाम्रो शरीरबाट फोहोर पानी बाहिर निस्कन्छ, त्यसै गरी आँखा सफा गर्नको लागि पनि हाम्रो आँसु निस्कन्छ । आँसुले हाम्रो आँखालाई धुवाँ, धुलोको कणबाट जोगाउछ । अर्कोतर्फ, भावनात्मक रूपमा तनाव हुँदा आँसु निस्कन्छ । तिनीहरूमा विषाक्त पदार्थ र तनाव हार्मोनहरू पनि निस्कन्छन् ।

रुनुका स्वास्थ्य लाभहरू

तनाव कम गर्छ

जब तनाव धेरै हुन्छ,तब रुन मन लाग्छ । एक पटक रुनुभयो, भने तनावबाट मुक्त हुन सक्नुहुन्छ र पहिले भन्दा धेरै आराम महसुस गर्न सक्नुहुन्छ । आँसुमा तनाव हर्मोनको मात्रा धेरै हुन्छ र तिनीहरूलाई बाहिर निकाल्नुभयो भने, यसरी तनावलाई उल्लेखनीय रूपमा कम गर्न सकिन्छ ।

आँखा स्वस्थ राख्छ

आँसुले तपाईँको आँखालाई हानि पुर्याउने सबै कुरासँग लड्छ । जब तपाईँ रुनुहुन्छ, आँखाबाट सबै फोहोर बाहिर निस्कन्छ र यसले तपाईँको आँखालाई हानि गर्दैन वा कुनै प्रकारको चोट पुर्याउदैन ।

सुख्खा आँखाबाट जोगाउँछ

आँखा सुख्खा हुने समस्या तब हुन्छ जब आँखाबाट आँसु आउन सक्दैन । तर यदि तपाई रोइरहनुभएको छ भने, यसको मतलब आँखा सुख्खा छैन । रुँदा आँसु निस्कन्छ र त्यसले आँखाको सुरक्षाको रूपमा काम गर्छ ।

चिन्ता कम हुन्छ

चिन्तित हुनुहुन्छ भने रुँदा मुड एकदम राम्रो हुन्छ । यसको पछाडिको कारण हो तनाव र भित्र जम्मा भएको सम्पूर्ण क्रोध बाहिर निस्कन्छ । जसको कारण तपाईँको दिमाग एकदम हल्का हुन्छ र खुसी महसुस गर्नुहुन्छ ।

सम्बन्ध बलियो हुन्छ

जब तपाईँ कसैको अगाडि रुनुहुन्छ, यसले तपाईँको र उनीहरूको सम्बन्धलाई बलियो बनाउँछ । त्यो व्यक्ति विशेष हो भने,उसले तपाईँलाई फकाउन सक्दो प्रयास गर्नेछ । जसले विशेष महसुस गराउनेछ ।

मानसिक रोगहरू विरुद्ध सुरक्षा

जब तपाईँ रुनुहुन्छ, त्यसपछि मानसिक अवस्था एकदम सामान्य हुन्छ । मुड पनि सामान्य बन्छ । यसो गर्नाले धेरै मानसिक अवस्थाबाट बच्न सकिन्छ । त्यसैले आफूभित्र केही महसुस हुँदा रिसाउनुको सट्टा रुनुहोस् ।

यो पनि…
हिँड्नुका फाइदा
उल्टो हिँड्दा हुने फाइदा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested