English

मानिसको जस्तै ओठ भएको एलियन जीव



समुद्र अचम्मका र रहस्यमय जीवहरूले भरिएको छ । यहाँ अनौठा जीवहरू पाइन्छन । जीव वैज्ञानिकहरूले समुद्रमा हुने सबै गतिविधिहरूमा नजर राख्ने गर्छन् ।

सामुद्रिक जीवहरूबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरूको टोलीले यस्ता दुर्लभ जीवहरू पत्ता लगाएका छन् जुन निकै अनौठो छ । भर्खरै समुद्रको किनारमा यस्तो जीव देखियो, जसलाई देखेपछि मानिस अचम्ममा परेका छन ।

अस्ट्रेलियाको तटमा देखिएको यो रहस्यमय जीव ठ्याक्कै एलियन जस्तै देखिन्छ । र यो अनौठो जीवको तस्वर सामाजिक सञ्जालमा भाइरल भएको छ । यो तस्वीरमा जीवको ओठ मानिसजस्तै देखिन्छ । एक व्यक्तिले अप्रिल ५ मा समुन्द्रको किनारमा हिँड्दा यो जीव देखेका थिए ।

स्थानीय मानिस ड्र्यु ल्याम्बर्ट बोन्डी अप्रिल ५ मा समुद्र तटमा घुमिरहेका थिए । यसै क्रममा उनको नजर यो रहस्यमय प्राणीमा पर्याे । यो जीव देखेपछि उनको मनमा प्रश्न उठ्यो कि के यो एलियन हो ?

ड्र्यु ल्याम्बर्ट बोन्डीले यो अनौठो जीवको भिडियो बनाए र तस्बिरहरू पनि आफ्नो क्यामेरामा कैद गरे । जीवको बाक्लो ओठ देखिन्थ्यो, जुन हेर्दा मानिसजस्तै थियो । तरल यसको छाला शार्क जस्तै थियो ।

उनले यो तस्वीर र भिडियो सामाजिक सञ्जालमा सेयर गरे । यसबाहेक न्युज च्यानललाई पनि यो जीवको बारेमा बताइयो । उक्त जीवको लम्बाइ आधा मिटर र ओठ मानिसजस्तै रहेको पनि ल्याम्बर्ट बोन्डीले बताए ।

के छ यस जीवको सत्यता ?

सी लाइफ सिड्नी एक्वेरियमका एक सुपरभाइजरले यो रहस्यमय प्राणी के हो भन्ने बताएका छन् । यो जीव ‘काँफिर रे’ भएको पर्यवेक्षकले बताए । यसलाई अस्ट्रेलियन ‘नम्फिस’को नामले पनि चिनिन्छ । शरीर सुन्निएको कारण यो जीव यस्तो देखिएको थियो ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



सम्बन्धित खबरहरु

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो