English

१० वटै जिल्लाबाट पानी परीक्षण शुरु



कर्णाली प्रदेशको गाउँ, गाउँमा पानी परीक्षणको काम शुरु भएको छ । एक महिना देखि पानी परीक्षणको काम शरु भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयका महाशाखाका प्रमुख गोपाल शर्माले बताए ।

कर्णालीका १० जिल्लामा रहेका खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयबाट पानी परीक्षणको काम शरु भएको उनले बताए । प्रत्येक जिल्लामा एक वटा पानी परीक्षण गर्ने मेसिन पठाएर काम सुरु भएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । गाउँ ,गाउँबाट माग आए अनुसारको पानी परीक्षणको काम शरु भएको खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए ।

प्रदेश राजधानी सुर्खेतमा २४ फागुनदेखि २६ सम्मा पानी परीक्षणको तालिम दिएर जिल्लामा कर्मचारी परिचालन गरिएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमा खानेपानीको बजेट रहेकोमा दुइ हप्ता अघि मात्र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा ल्याइएको थियो । पानी परीक्षण गर्नका लागि प्रदेश राजधानी नै धाउनुपर्ने बाध्यता अन्त्य भएपछि सर्वसाधारणहरु खुसी भएका छन् ।

जिल्ला तहमै पानीको परीक्षण सुरु भएसँगै अब फोहर पानी पिउनुपर्ने बाध्यता विस्तारै कम हुँदै जाने अपेक्षा लिइएको छ । सबैको पहुँचमा पानी नभएको सन्दर्भमा गाउँ , गाउँमै गएर पानी जाँचको काम सुरु भएपछि सर्वसाधारणहरु खुसी भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।

जिल्लाहरूमा मेसिन पुगेसँगै पानी परीक्षणको माग अत्यधिक बढेको जिल्ला कार्यालयले जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा रिर्पोट पेश गरेका छन् ।

नयाँ खानेपानीका योजना निर्माणसँगै पानीको शुद्धतामा समेत मन्त्रालयले ध्यान दिएको मन्त्री सिंहले बताए । लगानी गरेपछि ,त्यसको हरेक कुरामा प्रतिफल आउनुपर्छ भन्ने हाम्रो चाहना रहेको उनले बताए ।

यो पनि…
विपद्ले निम्त्याएको दुःख
विपद् अवस्थाबाट उठ्न चाहन्छ मेलम्ची बजार



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।