English

२०७८ : विपत्तिबाट कति क्षति ?



विपद्का विभिन्न घटनाले गतवर्ष २०७८ मा नेपालमा ठूलो जनधनको क्षति गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार गत वर्ष विपद्का घटनाबाट देशभर ५०७ जनाले ज्यान गुमाएका छन् ।

२०७८ वैशाख १ गतदेखि चैत ३० गतेसम्मको अवधिमा देशभर भएका ३ हजार ९०८ वटा विपद्का घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पको टोकाइ, आगलागी, हावाहुरी, जनावरको आक्रमण, महामारी (कोरोना बाहेक), हिउँहुरी, हिउँ पहिरो, लेक लागेर, डुंगा दुर्घटना जस्ता विपद्का घटनामा परी उनीहरुको ज्यान गएको हो ।

गतवर्ष विपद्का घटनामा परी ७७ जना बेपत्ता र १ हजार ७८१ जना घाइते भएको केन्द्रले जनाएको छ । विपद्का घटनाबाट गतवर्ष ६ हजार १४४ परिवार प्रभावित भएका थिए ।

केन्द्रका अनुसार २०७८ सालमा विपद्का घटनाले देशभर २ अर्ब ६१ करोड २८ लाख ६७ हजार ५७४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

अघिल्लो वर्ष २०७७ मा विपद्का घटतनामा परी देशभर ५९४ जनाको मृत्यु, १०२ जना बेपत्ता र १ हजार १७२ जना घाइते भएका थिए । उक्त वर्ष विपद्का घटनाले २ अर्ब २ करोड ५४ लाख ४८ हजार ६६ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

गत २०७८ सालमा सबैभन्दा ठूलो मानविय क्षति पहिरोका कारण भएको छ । पहिरोमा परी गत वर्ष १८२ जनाको मृत्यु भएको थियो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ सालमा आगलागीमा परी ९४, चट्याङ लागेर ५६, बाढीमा परी ६३, जनावरको आक्रमणमा परी ४८, भारी वर्षाका कारण २२, सर्पको टोकाइबाट २१, हावाहुरीबाट ३, महामारीबाट ४, हिउँ हुरीबाट ४, लेक लागेर ३, हिउँ पहिरोबाट २, डुंगा दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो ।

गतवर्ष विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीबाट भएको देखिन्छ । आगलागीले २०७८ सालमा २ अर्ब २६ करोड ८७ लाख ६५ हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार गतवर्ष भारी वर्षाले १२ करोड ९० लाख ४४ हजार १२० रुपैयाँ, बाढीले ११ करोड ५३ लाख ९१ हजार ५ सय रुपैयाँ र पहिरोले ३ करोड ४६ लाख रुपैयाँको आर्थिक क्षति गरेको थियो ।

यो पनि…
विपद्ले निम्त्याएको दुःख
विपद् अवस्थाबाट उठ्न चाहन्छ मेलम्ची बजार



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।