English

चटारो : कसैलाई खेतीको, कसैलाई चुनावको



कैलालीको भजनी नगरपालिका–६ का लालबहादुर चौधरी यतिबेला मंसिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा छन् । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि लालबहादुरलाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन ।

राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घर–घर पुग्न थाले पनि किसानसँग पार्टीका नेताको भेट हुन सकेको छैन । त्यसैले, पनि होला यतिबेला राजनीतिक दलका चुनावमुखी प्रचार–प्रसार पनि कम भएको देख्न सकिन्छ ।

‘मौसम राम्रो छ, यहीँ मौका छोपेर खेतमा लगाएको गहुँ भित्र्याउने काम सकेपछि मात्रै अरू कुराका बारेमा सोच्न सकिन्छ ।’

लालबहादुर मात्रै नभई उनका सबै परिवार गहुँ भित्र्याउन व्यस्त मात्रै छैनन् अर्कोतिर चैते धान रोप्ने कामले पनि फुर्सद छैन । ‘कामको निकै चटारो छ, गहुँ भित्र्याउने चटारो एकातिर छ भने चैते धान रोप्ने चटारो अर्कोतिर’, लालबहादुरले भने, ‘मौसम राम्रो छ, यहीँ मौका छोपेर खेतमा लगाएको गहुँ भित्र्याउने काम सकेपछि मात्रै अरू कुराका बारेमा सोच्न सकिन्छ ।’

उनले धानबाली बाढीका कारण सबै तहसनहस भएको बताउँदै गहुँ बेचेर धान रोप्दा लागेको खर्च तिर्नुपर्ने बाध्यता भएको सुनाए । भजनी–३ का दलबहादुर साउद गहुँखेती भित्र्याएर अहिले चैतेधान रोप्नमा व्यस्त छन् । वर्षातको समयमा बढी डुबान हुने क्षेत्रको जग्गा भएका कारण उनले वर्षात्मा धान रोप्न पाउनु पाएनन् ।

मङ्सिरमा लगाएको गहुँ भित्र्याएर चैतमा रोपेको धान जेठको अन्तिममा भित्र्याउने गरी धान रोपाइँ भइरहेको दलबहादुर बताउँछन् ।

‘हामीलाई चुनावको भन्दा बढी चिन्ता गहुँबाली भित्याउने र धान रोप्नेको छ, समय भयो भने भोट हाल्न जानुपर्ला होइन भने कामभन्दा ठूलो हाम्रा लागि चुनाव होइन ।’

‘काम नगरेर साँझ बिहानको गुजारा कसरी गर्ने ? वर्षातमा खेतमा कुनै खेती हुँदैन, त्यहीँ भएर पनि यो अहिलेको समय हाम्रा लागि निकै महत्त्वपूर्ण छ’, दलबहादुरले भने, ‘हामीलाई चुनावको भन्दा बढी चिन्ता गहुँबाली भित्याउने र धान रोप्नेको छ, समय भयो भने भोट हाल्न जानुपर्ला होइन भने कामभन्दा ठूलो हाम्रा लागि चुनाव होइन ।’

उनले यसभन्दा पहिले पनि भोट माग्न आएकालाई भोट दिए पनि नेताहरूबाट पाएको आश्वासन पूरा नभएको गुनासो गरे ।
कैलालीकै टीकापुर नगरपालिका–७ का लालवीर चौधरीले प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै गहुँ काट्ने काममा किसान लागेको बताए ।

‘हामी भने बिहानदेखि साँझ अबेरसम्मै खेतमा काम गरिरहेका छौँ, वर्षभरि खाने अन्न भित्र्याउनुभन्दा ठूलो पार्टीको चुनावी प्रचार–प्रसार हाम्रा लागि हुन सक्दैन ।’

‘नेताहरू चुनावी प्रचारका क्रममा टोल कमिटी गठनदेखि आफ्नो पक्षमा माहोल बनाउन आउँछन्, अब यो समयमा हामीलाई पनि चुनावी प्रचारका लागि आग्रहसमेत गर्छन्’, चौधरीले भने, ‘हामी भने बिहानदेखि साँझ अबेरसम्मै खेतमा काम गरिरहेका छौँ, वर्षभरि खाने अन्न भित्र्याउनुभन्दा ठूलो पार्टीको चुनावी प्रचार–प्रसार हाम्रा लागि हुन सक्दैन ।’

टीकापुर–४ का रामभजन चौधरी पनि गहुँ भित्र्याउन दिनरात नभनी खेतमा सक्रिय रहेको बताउँछन् । उनले एक बिघा क्षेत्रफलमा गहुँखेती गरेका छन् । ‘एक बिघा जति अधियाँमा गहुँ पनि लगाएको छु, त्यहीँ गहुँ भित्र्याउन अहिले भ्याइनभ्याइ छ’ उनले भने, ‘सबै परिवार नै अहिले गहुँ काट्नमा व्यस्त छौँ, निर्वाचनमा नेताले किसानलाई आश्वासन मात्रै दिन्छन्, हाम्रा दुःख कसैले देख्ने होइन, खेतीका बेला सिँचाइका लागि पानी हुँदैन, भोट माग्दा आउँदा कुरा ठूला गर्छन् ।’

यो पनि
किसान भन्छन्– सिँचाइका लागि पानी हुँदैन, नेताहरू भोट माग्न आउँदा ठूला कुरा गर्छन्
यस्तो छ गठबन्धनको उम्मेदवार चयनको मापदण्ड



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।