मह : छालाका लागि फाइदै फाइदा
मह हाम्रो खानामा मात्रै नभएर सौन्दर्यका लागि पनि प्रयोग गरिन्छ । छालाको लागि मह प्रयोग गर्नु सधैँ राम्रो हुन्छ । नियमितरूपमा छालामा मह लगाउनाले सोचेभन्दा धेरै राम्रो परिणाम दिन सक्छ । महले छालालाई स्वस्थ, जवान र चम्किलो बनाउन यस्ता कुराहरूमा धेरै मद्दत गर्छ ।
छालालाई गहिरोरूपमा मोइस्चराइज गर्दछ
मह लगभग हरेक सौन्दर्य प्रशोधनमा मुख्य घटकको रूपमा प्रयोग गरिन्छ । यसको एउटा प्रमुख कारण यो हो कि यसले छालालाई गहिरो रूपमा मोइस्चराइज र नरम पार्छ ।
दाग कम गर्छ
धेरैपटक पुरानो चोटपटक वा पिम्पल कारणले हाम्रो अनुहारमा दाग रहिरहन्छ । मह प्राकृतिक मोइस्चराइजर हुनुका साथै प्राकृतिक एन्टिसेप्टिक पनि हो । यसले छालालाई लचिलो र स्वस्थ राख्नुका साथै, यसले दाग पनि कम गर्छ ।
छालाको रंग सुधार गर्छ
घरेलु उपचारको रूपमा मह प्रयोग गर्न सक्नुहुन्छ । यसमा पाइने धेरै पौष्टिक तत्वले छालालाई दागमुक्त मात्र गराउँदैन, यसले छालाको रंगलाई निखार्न पनि मद्दत गर्छ ।
पिम्पल कम गर्छ
महमा एन्टिब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुणहरू हुन्छ जसले छालाको सतहबाट अतिरिक्त तेल हटाउन मद्दत गर्छ, साथै अवरोधहरू वा रोकिएका छिद्रहरू हटाउन पनि मद्दत गर्दछ ।
यो पनि…
गर्मीमा के-के खाने ?
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप