English

नेपाली फिल्म : अस्तित्व जोगाउनै मुस्किल



कोरोना महामारीले थिल्थिलो भएको विश्वभरिका फिल्म इन्डस्ट्रीलाई साउथ इन्डियन फिल्मले केही तङ्ग्राइदिएको छ । नेपालमा पनि दर्शकलाई हलसम्म पुर्याउने काम साउथ इन्डियन फिल्मले नै गरेको छ । त्यसैले, नेपालमा पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली, केजीएफ, पुष्पा र आरआरआर लगायतका फिल्महरूले नेपाली दर्शकको धेरै माया पाए ।

नेपाली सिनेमा मात्र नभई स्वयम् बलिउड पनि साउथ इन्डियन फिल्मको अघि आफूलाई टिकाउन गाह्रो भएको बताउँछन् । विश्व फिल्म क्षेत्रलाई प्रभाव पारेको साउथ इन्डियन फिल्मले नेपाली फिल्म क्षेत्रलाई पनि उत्तिकै प्रभाव पारेको छ ।

अहिले साउथ इन्डियन फिल्मसँग आफ्नो प्रदर्शन मिति जुधाउन नेपाली फिल्ममेकरहरू डराइरहेका हुन्छन् । साउथ इन्डियन हिन्दी डब फिल्म ‘पुष्पा’कै कारण निर्माता अर्जुन कुमारले फिल्म ‘चपली हाइट ३’ रिलिज गरेनन् ।

तर, आगामी वैशाख १ गते नेपाली नयाँ वर्षको दिन भने नेपाली फिल्म ‘ए मेरो हजुर ४’ र ‘केजीएफ च्याप्टर २’ एकैसाथ प्रदर्शन हुँदै छ । अब, यी दुई फिल्ममा कुनले बढी नेपाली दर्शकको मन जित्ला भन्ने त हेर्न बाँकी छ ।

नेपालका हलहरूले बढी प्राथमिकता पनि साउथ इन्डियन फिल्मलाई दिइरहेका छन् । नेपालका हलहरूमा ‘केजीएफ च्यापर २’को लागि ३९ सो छुट्याइएको छ भने ‘ए मेरो हजुर ४’ को लागि जम्मा १३ सो ।

३९ वटा सो पाएको केजीएफ च्याप्टर २ को लगभग सबै टिकट बुक भइसकेको छ । तर, सँगै रिलिज हुने ए मेरो हजुरको भने एउटा सोमा ४ देखि ५ वटा मात्र टिकट बुक भएको छ ।

मनोज पण्डित
निर्देशक तथा फिल्म समीक्षक

अहिलेको समय भनेको नेपाली फिल्मले आफूलाई प्रमाणित गर्ने समय हो । दर्शकले त रमाइलो फिल्म हेर्न चाहन्छन् । फिल्मको अवधारणा चैँ ठ्याक्कै इन्डियन जस्तो बनाउन खोज्ने । अनि बलिउडको फिल्म प्रदर्शन भएको छ भने हेर्न हुँदैन भन्न मिल्दैन ।

कथा वस्तु राम्रो भएको खण्डमा साउथ इन्डियन मात्र हैन नेपाली फिल्मले पनि दर्शकको माया पाउँछ । अहिले केजीएफले धेरै सो पायो भनेर ‘ए मेरो हजुर ४’ आत्तिनु पर्दैन । यदि, फिल्म नेपाली दर्शकले रुचाउने खालको बनेको छ भने भोलि पल्टबाट नै ‘ए मेरो हजुर’को सो बढ्न सक्ने लेखक, निर्देशक तथा फिल्म समीक्षक मनोज पण्डित बताउँछन् । ‘मुख्य कुरा भनेको कथावस्तुले नेपाली दर्शकको मन छुन सक्नुपर्यो ।’

‘अहिलेको समय भनेको नेपाली फिल्मले आफूलाई प्रमाणित गर्ने समय हो । दर्शकले त रमाइलो फिल्म हेर्न चाहन्छन् । फिल्मको अवधारणा चैँ ठ्याक्कै इन्डियन जस्तो बनाउन खोज्ने । अनि बलिउडको फिल्म प्रदर्शन भएको छ भने हेर्न हुँदैन भन्न मिल्दैन । हाम्रो फिल्म बनाउने शैली नै नेपाली हुनुपर्यो । त्यो हुनेबित्तिकै हाम्रो फिल्मले धेरै ठाउँ पाउनेछ’ पण्डितको तर्क छ ।

२० वर्ष पुरानो कथामा फिल्म बनाउने, अनि राम्रो कथा वस्तु भएको फिल्मलाई रोक्न खोजेर हुँदैन । २० वर्ष पुरानो कथावस्तु समेटेर अनि नेपाली पन भनेर नेपाली शब्दलाई बेच्नु हुँदैन ।

फिल्ममा नेपाली पन र नेपाली कथावस्तु चाहिँकहीँ प्रस्तुत नगर्ने । अनि हिन्दी फिल्म आयो भनेर रोइकराई गर्नुको विकल्प छैन । संसार भरिका फिल्महरू चल्नुपर्छ । विदेशी फिल्म चल्यो भन्ने समस्या होइन समस्या हाम्रो फिल्म कमजोर भयो भन्ने हो । ‘२० वर्ष पुरानो कथामा फिल्म बनाउने, अनि राम्रो कथा वस्तु भएको फिल्मलाई रोक्न खोजेर हुँदैन । २० वर्ष पुरानो कथावस्तु समेटेर अनि नेपाली पन भनेर नेपाली शब्दलाई बेच्नु हुँदैन ।’

कमजोर फिल्महरू चल्नु पर्छ भन्ने होइन । बासी कथा बोकेको किलिस्य फिल्म बनाउन अब छोड्नै पर्छ । तर, ए मेरो हजुर साँच्चिकै बलियो बनेको छ भने त्यसले नेपालमा केजीएफभन्दा बढी व्यापार गर्छ भन्ने कुरामा आफू विश्वस्त भएको पण्डित बताउँछन् ।

दर्शकको दृष्किोणबाट हेर्ने हो भने पनि उनीहरू गलत छैनन् । जुन फिल्म हेर्दा बढी मनोरञ्जन प्राप्त हुन्छ त्यही फिल्म हेर्छन् दर्शकले । यो विश्वव्यापी मनोविज्ञान हो । अहिलेको समयमा फिल्म क्षेत्रमा पनि भएको यही हो ।

सामीप्यराज तिमिल्सिना
चलचित्र लेखक तथा समीक्षक

चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमिल्सिना केही वर्ष यता हाम्रो नेपाली फिल्म कमसल, हाम्रो साहित्य कमजोर भन्ने खाल्को मनोविज्ञान हाम्रो नेपालीहरूमा छ । जसको फलस्वरूप ए मेरो हजुरले भन्दा केजीएफले धेरै मनोरञ्जन दिन्छ भन्ने किसिमको सोच मानिसहरूको दिमागमा बसिसकेको बताउँछन् । ‘दर्शकको दृष्किोणबाट हेर्ने हो भने पनि उनीहरू गलत छैनन् । जुन फिल्म हेर्दा बढी मनोरञ्जन प्राप्त हुन्छ त्यही फिल्म हेर्छन् दर्शकले । यो विश्वव्यापी मनोविज्ञान हो । अहिलेको समयमा फिल्म क्षेत्रमा पनि भएको यही हो ।’

फिल्मसँग कला साहित्यको इतिहास जोडिएको हुन्छ । नेपाली फिल्म क्षेत्रले धेरैलाई रोजगारी पनि दिएको छ र सँगसँगै मनोरञ्जन पनि दिइरहेको छ । त्यसैले, सम्बन्धित निकायले यसलाई संरक्षण भने गर्नुपर्छ भन्ने तिमिल्सिनाको धारणा छ ।

हिन्दी फिल्म शुक्रबारभन्दा अरू दिन प्रदर्शन गर्न नपाउने भन्ने नियम पनि बनेको छ तर त्यो लागू भएको छैन केजीएफ बिहीबार नै हलहरूमा लाग्दै छन् ।

नेपाली फिल्म हेर्नै नहुने हुन्छन् भन्ने एक किसिमको मनोविज्ञान विकास भएको छ । केही हदसम्म त्यो सही पनि हो । तर, राम्रो मनोरञ्जन दिन सक्ने फिल्महरू पनि यो मनोविज्ञानको मारमा पर्न भएन । त्यसका लागि सरकारी नीति नियमको पनि जरुरी हुन्छ । ‘सबै नेपाली फिल्महरू राम्रा छन् भन्न खोजको होइन तर, केजीएफ र ए मेरो हजुरको कुरा गरिरहँदा लड्नको लागि बराबर अवसर भने नेपालका हलहरूले दिएका छैनन् ।

केजीएफलाई बढी सो दिएर ‘ए मेरो हजुर’ लाई थोरै सो दिइरहेका छन् जुन गलत हो ।’ तिमिल्सिना भन्छन् ‘हिन्दी फिल्म शुक्रबारभन्दा अरू दिन प्रदर्शन गर्न नपाउने भन्ने नियम पनि बनेको छ तर त्यो लागू भएको छैन केजीएफ बिहीबार नै हलहरूमा लाग्दै छन् ।’

नीति–नियम नबन्दा तथा लागू नहुँदा राम्रो नेपाली फिल्मले पनि दर्शकको माया पाएका छैनन् । उदाहरणको लागि चिसो एस्ट्रेलाई लिन सकिन्छ । जतिले फिल्म हेरे उनीहरूले राम्रो बनेको छ भनेर समीक्षा गरेका छन् । तर, साउथ इन्डियन फिल्म आरआरआर ले गर्दा चिसो एस्ट्रेको लागि दर्शकहरू हलसम्म पुग्नै सकेनन् ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली सिनेमाको दर्शक हुँदाका ती दिन



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ