२०७८ को अन्तिम दिन आज कुन तरकारीको मूल्य कति ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार २०७८ को अन्तिम दिन आज चैत ३० गते बुधबार एक किलोग्राम कागतीको मूल्य ४२५ रूपैयाँ तोकिएको छ ।
त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ७५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम रातो आलुको मूल्य ३१ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज मूल्यको ३२ रूपैयाँ ३३ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३२ रूपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य ४५ रूपैयाँ, रातो मूला ३५ रूपैयाँ, सेतो मूला १७ रूपैयाँ ६७ पैसा, भन्टा ३० रूपैयाँ, मटरकोशा ४५ रूपैयाँ तोकिएको छ ।
त्यसैगरी समितिले एक किलोग्राम स्याउको मूल्य २६५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २२५ रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १३५ रूपैयाँ तोकिएको छ ।
यो पनि…
जहाँ प्रत्येक घरमा बाख्रापालन गरिन्छ
विकासमा ढिलासुस्ती, आयोजना सुरु भएको ३६ वर्षपछि काम