English

२०७८ सालको अन्तिम दिनको राशिफल यस्तो छ



आज ३० चैत बुधबार,२०७८ सालको अन्तिम दिन । जनबोलीमा आजको दिनलाई मसान्त पनि भनिन्छ । तद्नुसार अप्रिल १३ तारिक २०२२ ।

चैतशुक्लपक्ष द्धादशी तिथि, बब करण, मघा नक्षत्र, गण्ड योग, चन्द्रमा सिह राशिमा रहेको छ । आजको देवता अग्नी र ग्रहदेव शनि रहेको छ ।

आज विहान सूर्योदय ५:४२ मा भयो भने र सूर्यास्त ०६:२७ मा हुनेछ । आज १२:०५ देखि १:४१ सम्म राहुकाल रहेको छ । बुधबारको दिन घर गृहस्थसम्बन्धी कार्य गर्दा शुभ हुनेछ । वर्षको अन्तिम दिन भएकाले वर्षभरी गरेका कार्यहरूको समीक्षा गर्ने दिन हो ।

मेष
मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने देखिन्छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनु होला । मित्रजन र घर परिवारबाट साथ सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ ।

वृष
तपाईंले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । आर्थिक हानी लाभ दुवै हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनसँग वादविवाद हुनसक्छ ।

मिथुन
आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । ध्यान साधनामा समय विताउनु भयो भने मनमा उर्जा प्राप्त हुनेछ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला ।

कर्कट
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु होला । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपजस आउनसक्छ । त्यसैले आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर पालना गर्नुहोला ।

सिंह
तपाईंलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । परिवारको साथ पाउने योग रहेको छ । तपाईंले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । सकारात्मक सोच लिनु वेश हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।

कन्या
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला
तपाईंले आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईंले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । परिवार र आफन्तजनले तपाईंले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक
समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ ।

धनु
तपाईंलाई व्यापार ब्यबसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, परिवारबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कुमारी कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईंको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् ।

मकर
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नु अघि एकपटक सोच्नुहोला । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरुको साथ सहयोगले नयाँ काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शनपछि शुरु गरेको काम सफल हुनेछ ।

कुम्भ
कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्यसमस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाईं आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु होला । आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यहरुले तपाईमाथि अनावश्यक आरोप पनि लगाउन सक्छन् ।

मीन
विहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । काममा धैयता र नियमित काम बाहेक नयाँ काम नगर्नुहोला । ब्यापार ब्यबसायमा लाभ हुनेछ । शिवालय यात्रा फलदायी हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । आजको दिन घर गृहस्थको लागि केही नयाँ सामग्री खरिद गर्न सक्नुहुनेछ ।



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको