English

अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित



एएफसी फुटसल एसियन कप–२०२२ छनोटअन्तर्गत अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८–१ अन्तरले पराजित भएको छ ।

मंगलबार कीर्गिस्तानको बिश्केकमा सान्त्वना जितको खोजीमा रहेको नेपाल अफगानिस्तानसँग ठूलो अन्तरले पराजित भएसँगै खेलिएको तीनै खेल विपक्षीलाई सुम्पिएको छ ।

लगातार दुई खेल हारेसँगै प्रतियागिताबाट बाहिरिएको नेपालले आज अन्तिम खेल खेलेको थियो । नेपाल ७–0 ले पछि परेको स्थितिमा सुमित श्रेष्ठले एक सान्त्वना गोल गरेका थिए ।

यसअघि नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा ताजकिस्तानसँग ११–१ ले लज्जास्पद हार बेहोर्यो ।

यस समूहबाट उज्वेकिस्तान र ताजकिस्तान एसिया कपमा स्थान बनाउँदा अफगानिस्तान र नेपाल भने बाहिरिएका छन् ।

यो पनि…
आइपिएल : लखनउको तेस्रो जित, डी ककको मात्रै ८० रन

लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



सम्बन्धित खबरहरु

काठमाडौः राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै खोलिएको खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र राष्ट्रिय उच्च प्रदर्शन केन्द्रमा #Rhinos को फिटनेस परीक्षण र

Latest










Popular
Suggested