English

शिघ्रस्खलन किन हुन्छ ?



शीघ्र स्खलन एक प्रकारको यौन समस्या हो । यसले पुरुषको यौन जीवनको गुणस्तरलाई प्रभाव पार्छ। यस समस्यामा पुरुषले सोचेभन्दा छिटो अग्र्याजम अथवा चरमसुख प्राप्त गर्छन्। शीघ्र स्खलनका कारण कहिलेकाहीँ गर्भाधानमा पनि समस्या आउन सक्छ र यसले दुवै पार्टनरको यौन सन्तुष्टिमा पनि असर पुर्‍याएको हुन्छ।

धेरैजसोमा शीघ्र स्खलन हुनुमा रोगभन्दा पनि मनोगत कारण हुन्छन्। यौन अनुभवको अभाव, शारीरिक बनावटको सरोकार, नयाँ दाम्पत्य जीवन, अधिक यौन उत्तेजना, यौन सम्पर्क राख्नुअघिदेखि नै यौनबारे सोच्ने बानी, चिन्तन, सम्बन्ध तनाव, चिन्ता, डिप्रेसन आदि मनोगत कारण हुन सक्छन् ।

यसबाहेक हुर्काइमा अति नियन्त्रणको वातावरण, विगतमा यौन हिंसाको तीतो अनुभव, हस्तमैथुन गर्दा पक्रिएला कि भन्ने डरले छिटो स्खलन गर्ने बानीले पनि पछि शीघ्र स्खलनको समस्या निम्तिन सक्छ । मधुमेह, मल्टिपल स्क्लेरोसिस भनिने मांसपेशीको समस्या, प्रोस्टेटको समस्या, थाइरोइडको समस्या कतिपय औषधि र अधिक मद्यपानले पनि यस्तो समस्या विकसित हुन सक्छ। शीघ्र स्खलनका कारण छटपटी, हतोत्साह, चिन्ता, हताश, अवसादजस्ता लक्षण देखिन सक्छन्। 

स्टार्ट एन्ड स्टप

यो विधिमार्फत वीर्य स्खलनमा पुरुषको नियन्त्रणमा सुधार ल्याउँछ। यौन उत्कर्षमा पुग्नै लाग्दा अर्थात् अब स्खलन होलाजस्तो अनुभूति हुनासाथ यौन उत्तेजना घटाउँछ। यौन कार्य रोक्छ। र, यौन अनुभूति कम हुनासाथ यौन कार्य फेरि सुचारु गर्छ।

स्क्विज विधि

यस विधिमा पनि माथि उल्लेखिन गरेझैं नै हो। तर, यस विधिमा यौन उत्कर्षमा पुग्नै लाग्दा वा वीर्य स्खलन हुनै लाग्दा करिब ३० सेकेन्ड लिंगको फेदमा अँठ्याइन्छ। यौन उत्तेजनामा कमी आएपछि यौन कार्य फेरि सुचारु गरिन्छ।

प्रत्येक पटकको यौन कार्यमा तीनचार पटक स्टार्ट एन्ड स्टप वा स्क्विज विधि अपनाई छिटो वीर्य स्खलन हुने कार्य रोकेर यौन आनन्दको मज्जा बढाउन सकिन्छ। अनुसन्धानकर्ताका अनुसार जननेन्द्रिय वरिपरिको मांसपेशी कसिलो बनाउन किगल अभ्यास गर्न सकिन्छ।

अन्य बेला पिसाब गरिरहँदा एक्कासि पिसाब रोक्नुपर्दा जुन मांसपेशी प्रयोग गरी पिसाब रोकिन्छ। किगल अभ्यासमा ती मांसपेशी नै कसिलो बनाइन्छ। यी अभ्यासले जीर्ण प्रकारको शीघ्र स्खलनमा मद्दत गर्छ। यसले जिन्कको थप मात्रामा टेस्टोस्टेरोन उत्पादन बढाई योनेच्छा र यौन शक्ति बढाउने हुन्छ।

म्याग्नेसियमयुक्त खाद्यवस्तु

यौन स्वास्थ्यमा फाइदा पुर्‍याउने म्याग्नेसियमयुक्त कतिपय खाद्यवस्तु शीघ्र स्खलनमा पनि लाभदायक हुन्छ। समुद्री खाना, फर्सीको बियाँ, भटमास, दही, पालुंगो, बदाम, केराउ, खसीको मासु, डार्क चकलेट र लसुनको सेवनले फाइदा गर्छ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार