ज्वालामुखीको लावामा खाना पकाएपछि (भिडियोसहित)
आइसल्याण्डको ज्वालामुखी फुटेपछिका त्यहाँका दृश्यहरु अहिले भिडियोमार्फत् भाइरल बनिरहेका छन् ।

भिडियोमा ज्वालामुखीको लावा देख्न सकिन्छ । त्यहाँ ज्वालामुखीका कारण केही भूकम्प समेत गएका छन् । यसैबीच त्यहाँ ज्वालामुखीको बारेमा अनुसन्धान गर्न गएका वैज्ञानिकको एक टीमले भिडियो शेयर गरेको छ ।

जो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । ज्वालामुखी हेर्नका लागि धेरै मानिस त्यहाँ गइरहेका छन् । रिसर्च गर्ने क्रममा वैज्ञानिकहरुलाई भोक लागेपछि उनीहरुले त्यही खाना पकाएर खाएका छन् ।

उनीहरुले हटडग निकालेर चिकेन सस त्यसमा हालेर ज्वालामुखीको लावामा बसालेका थिए । भिडियोमा यो स्पष्ट रुपमा देख्न सकिन्छ । यो ज्वालामुखी आइसल्याण्डको राजधानी रेक्यावीकको दक्षिणपश्चिममा स्थित छ ।