आधा कुकुर, आधा बाघ जस्तो देखिने जनावर फेला
संसारमा जीवजन्तुका विभिन्न प्रजाती छन् । तर यसमा केही प्रजाति यस्ता पनि छन्, जो लगभग विलुप्त भइसकेका छन् । यस्तै प्रकारको एउटा प्रजाति छ, तस्मानिया टाइगर । यो जनावर आधा कुकुर र आधा बाघ जस्तो देखिन्छ । तर यो प्रजाति करिव ८५ वर्ष पहिला विलुप्त भएको मानिन्छ ।

यो जीव अचानक अहिले अष्ट्रेलियाको तस्मानियामा फेला परेको हो । तस्मानियामा पहिला यो जनावर धेरै पाइन्थ्यो तर समयको साथसाथै विलुप्त हुँदै गयो । १९३६ मा यसलाई विलुप्त घोषित गरियो । तर अहिले अष्ट्रेलियाको थाइलासीन ग्रुपका प्रेसिडेन्टले यो जनावर जंगलमा देखेको दाबी गरेका छन् ।

उनले केही फोटो पनि खिचेर ल्याएको बताएका छन् । नील वाटर्स भन्छन्, अहिले म सँग चार वटा यस्ता तस्वीर छन् । जसमा तस्मानिया टाइगरको पूरा परिवार छ ।

यो दाबीलाई वैज्ञानिक मान्न तयार छैनन् । यो प्रजाति धर्तीमा २० लाख वर्ष पहिला आएको थियो । तर यसको अन्तिम प्रजाति भने १९३० मा तस्मानियामा देखिएको थियो । त्यसपछि यो विलुप्त भएको मानिन्छ ।