English

वास्तुअनुसार भान्साकोठामा यी रङ लगाउनुहोस्



घरका वस्तुहरूमा वास्तुले गहिरो प्रभाव पार्छ । वास्तुले घरेलु सामानहरू सही दिशामा राख्न सुझाव दिन्छ ।

वास्तुअनुसार सुत्ने कोठादेखि भान्छाकोठासम्म कुनै न कुनै कुराले असर गर्छ । भान्साको रंगले पनि धेरै गहिरो प्रभाव पार्छ । विज्ञहरूका अनुसार घरमा सुख–समृद्धि ल्याउन यी रंगहरू भान्सामा प्रयोग गर्न सकिन्छ ।

सुन्तला रङ

सुन्तला रङले घरका सदस्यहरूलाई नयाँ किसिमको आशा दिनुका साथै मनोवृत्ति बढाउँछ । यो रंग दक्षिण–पूर्व दिशाको लागि पवित्र मानिन्छ ।

सेतो रङ

सेतो रङलाई शान्ति र स्वच्छताको प्रतीक मानिन्छ । यसले घरका मानिसहरूमा सकारात्मक ऊर्जा फैलाउँछ । साथै सेतो रंग भित्ता र भुइँको लागि धेरै राम्रो मानिन्छ ।

हरियो रङ

हरियो आशा र सद्भाव को रङ हो । प्रकृतिसँग जोडिएको यो रङले भान्साकोठामा खुसीको सञ्चार गर्छ । साथै, हरियो रङ लगाउनाले घरका सदस्यको स्वास्थ्य पनि राम्रो रहन्छ ।

पहेँलो रङ

यो रङले भान्साकोठामा सकारात्मक ऊर्जा कायम राख्छ । भान्सामा यो रङको प्रयोग गर्नाले सूर्यको किरण सीधै पर्दैन । सूर्यको किरणको प्रतिबिम्बका कारण भान्साकोठामा तातोको प्रभाव कम हुन्छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका