English

विस्केट जात्रामा ढुंगामुढा : २० जनाभन्दा बढी घाइते



भक्तपुरको विस्का जात्राका क्रममा झडप हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौनो नौ बजेबाट ढुंगामुढासमेत भएको थियो ।

ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँंका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६ जना टाँंका लगाउनुपर्ने बिरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ ।

जात्राको क्रममा सयौँ युवाहरू डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झैँ-झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा वैशाख ५ गतेसम्म चल्नेछ ।

यो पनि
शुरु भयो भक्तपुरको विस्केट जात्रा
नवौँ तथा अन्तिमपटक जिब्रो छेडाउँदै बुद्धकृष्ण



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested