English

फर्किंदैछ बागमतीको पुरानो साैन्दर्यता



बागमती नदीलाई व्यवस्थित बनाउन २० वर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ । मानवीय कारणले प्रदूषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित सरकारले २० वर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो ।

यसअघि, बनाएको पाँच वर्षे ‘एक्सन प्लान’ अपूरो भएको भन्दै प्रदूषित भएको नदीलाई सफा र ढलमुक्त बनाउन एक्सन प्लान निर्माण प्रक्रिया अघि बढेको छ । बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उद्देश्यसहित शुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २० वर्षभित्र नदीलाई पुरानै अवस्थामा फर्काउने योजनासहित काम अघि बढाउने नीति लिएको छ ।

नदीलाई सफा बनाउन ५ जेठ २०७७ देखि निरन्तर रूपमा बागमती सरसफाइको अभियान सञ्चालन भइरहेको छ । बागमती नदी सरसफाई अभियान ४६६औँ हप्ता पूरा गरेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले नदीको संरक्षर र विकास गर्ने उद्देश्यसहित २० वर्षे कार्ययोजना (एक्सन प्लान) तयार पर्ने कामलाई अघि बढाएको बताए । उनका अनुसार एक्सन प्लान यस आर्थिक वर्षभित्र नै तयार भएर आगामी आर्थिक वर्षबाट कार्यान्वयमा जानेछ एक्सन प्लानबाट हालसम्मको उपलब्धि र भावी कार्यदिशा तय गरेर काम गर्ने योजना बनाएको बताउँदै प्याकुरेलले सरकार दातृ निकायको सहयोगबाट नदीको सौन्दर्यकरणसँगै पूर्वाधार निर्माणको काम भइरहेको बताए ।

कोरिडोर निर्माण, ढल निकास र सौन्दर्यकरणको काम भने सन्तोषजक रुपमा छन, बाँकी कामलाई पनि योजनाबद्ध रूपमा अघि बढाउँछौं ।

‘प्रत्येक वर्ष आवश्यक बजेट प्राप्त हुन नसक्दा लक्ष्य अनुसारको काम हुन सकेको छैन’, उनले भने, ‘कोरिडोर निर्माण, ढल निकास र सौन्दर्यकरणको काम भने सन्तोषजक रुपमा छन, बाँकी कामलाई पनि योजनाबद्ध रूपमा अघि बढाउँछौं ।’ प्लानमा नदीको मापदण्ड कायम गर्ने, बहाव क्षेत्र निर्धारण गर्ने, नदीको स्वच्छता बढाउन थप ढल प्रशोधन निर्माणको काम अगाडि बढाउने विषय समावेश गरिने भएको छ ।

समितिले सुन्दरीजलदेखि गुहेश्वरीसम्मको क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम गरिरहेको बताएको छ । नदीको स्वच्छता कायम गर्न धाप ड्याम निर्माणको काम सम्पन्न गरेको समितिले यस बर्षबाट वर्षाको समयमा पानी संकलन गर्ने भएको छ ।

समिति मार्फत बागमती नदी र यसका सहायक नदीहरूमा गरी ६२ किलोमिटर नदी नियन्त्रण, ५३ किलोमिटर कोरिडोर सडक र ९० किलोमिटर ढलको पाइन विछ्याउने काम सम्पन्न भएको छ । जस अन्तर्गत बागमती नदीमा मात्र दायाँबायाँ १६/१६ किलोमिटर गरी ३२ किलोमिटर क्षेत्रमा ढल विछ्याउने काम सम्पन्न भएको छ भने गोकर्णदेखि गुह्येश्वरीसम्म सात किलोमिटर क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम भएको समितिले जनाएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले काठमाडौं उपत्यकामा बढ्दा ट्राफिक जाम घटाउने गरी बागमती नदीसहित अन्य सहायक खोलामा कोरिडोर निर्माणको कामलाई तीब्रता दिएको बताए ।

समितिले निजी क्षेत्रसहितको सहभागिता नदी किनारामा ३१ वटा हरियाली प्रवर्द्धन तथा उद्यानहरु निर्माण गर्नुको साथै सरकार र एसियाली विकास बैंकको लगानीमा बागमती नदीमा २ वटा प्याकेजमा करिब २० किलोमिटर क्षेत्रमा नदी सौन्दर्यकरणको काम यसै वर्षभित्र सम्पन्न गर्ने बताएको छ ।

हाल गोकर्णदेखि गुहेश्वरी, तिलगंगा क्षेत्र, युएनपार्कदेखि बल्खु पुलसम्मको क्षेत्रमा नदी सौन्दर्यकरणको काम भइरहेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकाका प्रवक्ता कमल अर्यालले बागमती नदी क्षेत्रमा अधिकाशं स्थानमा कोरिडार निर्माणको काम सम्पन्न भएको बताए । नदी किनारामा रहेको अस्थायी बसोबासको कारण केही क्षेत्रमा कोरिडोर निर्माणको काम हुन नसकेको बताउँदै उनले नदीको मुहान वागद्वारदेखि चोभारसम्म ४४ किलोमिटर क्षेत्रफलमा फैलिएको बताए । उनका अनुसार समिति स्थापना भएको २७ बर्षको अवधिमा हालसम्म नदीको संरक्षण र विकासमा १५ अर्ब रूपमा खर्च भएको छ ।

यो पनि…
बागमती नदी सफाइ गरिँदै (फोटो फिचर)
नदीजन्य पदार्थको उत्खननले सर्लाहीका दर्जनौं गाउँ जोखिममा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।