English

‘ए मेरो हजुर ४’, के भन्छन् निर्माता–कलाकार ?



बिहीबारबाट (१ वैशाख) बाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को शो खुलेका छन् । मल्टिप्लेक्समा शो खुलेसँगै टिकट बिक्री पनि सुरु भएको छ । नेपाली कुनै फिल्मको शो खुलेको सम्भवतः पहिलो हो ।

प्रायः रिलिजको दुई वा तीन दिन अगाडि टिकेट बिक्री गरिने भए पनि फिल्मको लोकप्रियतालाई ध्यानमा राख्दै एक साताअगावै टिकेट बिक्री नै खोलिएको हो । नयाँ वर्षमै प्रदर्शन भएको ‘ए मेरो हजुर ३’ ले राम्रो व्यापार गरेको थियो ।

निर्माता सुनिलकुमार थापाले आफ्नो अघिल्लो सिरिजहरूको तुलनामा कथ्य शैलीसँगै मेकिङमा पनि स्तरीयता बढेको बताए । ‘हामीले फिल्म बनाउदै अगाडि बढ्दै गर्दा स्तरीयता पनि बढेको छ । हामीले दर्शकको समय र पैसाको महत्त्व बुझेका छौँ,’ उनले भने ।

उनले फिल्म हेर्न हलसम्म आउने दर्शकलाई फिल्मले निराश नबनाउने दाबी गरे । अभिनेता अनमोल केसीले पनि फिल्मको टिकट खुल्ला भइसकेको हुँदा आफूलाई पायक परेको समयमा फिल्म हेर्न सकिने बताए । ‘फिल्मको शो खुलिसकेको छ । टिकट खरिद गर्न सकिन्छ । आफ्नो समयानुकूल फिल्म हेर्न सक्नुहुनेछ,’ अनमोलले भने ।

निर्देशक झरना थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्त्वपूर्ण रहेको बताइन् ।

फिल्ममा अनमोल र सुहाना थापासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ । फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
जी–बबले गाए फिल्मी गीत ‘भाग भाग अब धेरै न दे धाक’



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्