English

नयाँवर्षको पूर्वसन्ध्या : अन्नपूर्णमा पर्यटकको लहर



पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् ।

दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन् ।

अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताउनुभयो ।

‘पदमार्गमा असोजदेखि चहलपहल बढेको छ’, उनले भने । मङ्सिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल बढ्न थालेको छ ।

पदयात्राका लागि उपयुक्त याम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म हो । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगतहुँदै मनाङको बगरछाप, चामे हुँदै थोराङपास भएर मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीबाट पोखरा पुगिन्छ ।

यो पनि…
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



सम्बन्धित खबरहरु

गायक तथा संगीतकार विनय कार्की र उनको ब्यान्ड “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो गीत “नयाँ नयाँ“ को भिडियो

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक सिनेमा हो । महिला चरित्रले यो सिनेमा लिड गर्नेछ । यसको थिम पोस्टरले नै

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

काठमाडौं, नेपाल: प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ का आयोजक ग्लोकल प्रा.लि. ले यस वर्षका ग्लोकल २० अन्डर २० भनी पहिचान

Latest










Popular
Suggested