English

नवौँ तथा अन्तिमपटक जिब्रो छेडाउँदै बुद्धकृष्ण



मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँपटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेड्ने भएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रूपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिमपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताए ।

उनले भने, ‘म मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएको छु ।’

मैले यस वर्ष वैशाख २ गते नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएको छु, यो मेरो अन्तिमपटक हो, अर्को वर्ष म जिब्रो छेड्दिनँ, मेरो उमेरका कारणले पनि समस्या हुन्छ, अब युवापुस्ताले यो जात्रालाई जोगाउन जिब्रो छेड्न तयार हुनुपर्छ, लोप हुन दिनुहुँदैन ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नुनसमेत खान नहुने उनी बताउँछन् ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचोँ गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

यो जात्रा नीलबाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति नीलबाराहीका देवगण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ ।

बोडेको नीलबाराही मन्दिरसँग जोडिएको कथा र किंवदन्तीलाई पछिल्लो समय बिगारेर प्रचार गरेकामा दुखेसो व्यक्त गर्छन् बुद्धकृष्ण । उनी भन्छन्–‘यो जात्रा नीलबाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति नीलबाराहीका देवगण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले, पनि युवापुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षस होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनुपर्याे ।’

केही वर्ष अगाडिसम्म जिब्रो छेड्ने व्यक्तिले नै जात्राको सबै खर्च व्यहोर्नुपर्ने र भोजसमेत खुवाउनुपथ्र्यो भने जनप्रतिनिधि आएपछि नगरपालिकाले जात्रा सञ्चालनका लागि सहयोग गर्दै आएको छ ।

जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छड्ने बेलामा स्थानीय क्लब र युवाको सक्रियतामा जात्रालाई जोगाउन आर्थिक सङ्कलन गरी कोष खडा खरिएको थियो भने जनप्रतिनिधि आए पनि नगर प्रमुख मदन सुन्दर श्रेष्ठले यहाँका अधिकांश जात्रा परम्पराको संरक्षणका लागि भन्दै बजेट छुट्याएपछि यो जात्रा सञ्चालनमा पनि राहत मिलेको छ ।

यहाँको पहिचान नै कला र संस्कृति हो । त्यसैले, यहाँका मठ, मन्दिर, पाटीपौवा, पोखरी, धारा, इनार, पार्क मात्रै नभई अमूर्त कलाका रूपमा रहेको नाच, जात्रा, पर्व परम्परालाई पनि जोगाउनुपर्छ भनेर मैले हरेक वर्ष नगरपालिकाबाट बजेट छुट्याएँ ।

नगरप्रमुख श्रेष्ठ भन्छन्–‘यहाँको पहिचान नै कला र संस्कृति हो । त्यसैले, यहाँका मठ, मन्दिर, पाटीपौवा, पोखरी, धारा, इनार, पार्क मात्रै नभई अमूर्त कलाका रूपमा रहेको नाच, जात्रा, पर्व परम्परालाई पनि जोगाउनुपर्छ भनेर मैले हरेक वर्ष नगरपालिकाबाट बजेट छुट्याए, यस वर्ष पनि जात्रा चलाउन नगर पालिकाले बजेट दिएको छ, यसले जात्रा परम्परा र पर्वको संरक्षणमा टेवा पुगेको महसुस गरेको छु ।’

परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षपछि कोरोना सङ्क्रमणका कारण ०७६/७७ सालमा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ ।

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

अहिलेसम्म क–कसले छेडे जिब्रो ?

हालसम्म १२ जनाबाट निरन्तर १ सय ७ वर्ष जिब्रो छेडेका छन् ।
१९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक
विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक,
२०२३ मा हरिदेव किला श्रेष्ठले एकपटक
२०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीनपटक
२०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुईपटक
२०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीनपटक
२०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सातपटक
२०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सातपटक
२०४७ मा मुनि घों श्रेष्ठले एकपटक
२०४८ मा धर्मराज बलाय श्रेष्ठले एकपटक
२०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक
२०६१ देखि २०६४ सम्म बुद्धकृष्ण बाग श्रेष्ठले चारपटक
२०६५ देखि २०७३ सम्म जुजुभाइ बाँस श्रेष्ठले आठपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।

यो पनि…
यसरी हुँदैछ बिस्का जात्राको तयारी (फोटो फिचर)
भक्तपुरको बिस्का जात्रा सुरु, किन मनाइन्छ बिस्का ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।