English

तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्ग र शारदालाई



कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहदुर बुढा र शारदा भण्डारीले जितेका छन् ।४९ किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ भण्डारी र पुरुषतर्फको उपाधि बुढाले हात पारेका हुन् ।

बुढाले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घन्टा दुई मिनेट २० सेकेन्डमा पार गरेका छन् । उनले अहिलेसम्मका तीनवटै जुम्ला-रारा म्याराथनका स्वर्ण चुमिसकेका छन् ।

पुरुषतर्फ दलबहादुर कुँवरले द्वितीय भएका छन् । कुँवरले पाँच घन्टा पाँच मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै उक्त स्थान हासिल गरेका हुन् । वेदबहादुर सुनारले पाँच घन्टा आठ मिनेट ४७ सेकेन्डमा दूरी पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सहसचिव धनराज सुनारले जानकारी दिए ।
उनले भने, ‘चन्द्र रावल, सुमन कुलुङ, प्रकाश कठायत, सागर बुढा, जोवन ऐडी, मदन भण्डारी, धिरबहादुर खत्री टपटेनमा आउन सफल भएका छन् ।’

महिलातर्फ शारदा भण्डारीले ६ घन्टा ३४ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । यसैगरी गणना भण्डारी ६ घन्टा ५९ मिनेट ४२ सेकेन्डका साथ द्वितीय र मञ्जु रावतले सात घन्टा ३४ मिनेट ३८ सेकेन्डमा पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार उमकली बुढा, राममाया बुढा, संगीता भण्डारी, शोभाकली बुढा, विन्दु श्रेष्ठ र राधा श्रेष्ठ टेनमा आउन सफल भएका छन् ।

जुम्ला-रारा अल्ट्रा म्याराथनमा ७६ जना खेलाडी सहभागी भएकोमा ७२ जना रारा तालसम्मै पुगेका छन् । विजेता खेलाडीलाई पुरस्कार वितरणसमेत गरिएको छ। यो वर्ष एक विदेशीसहित ७६ जना धावक सहभागी भएका थिए । ७६ मध्ये १५ जना महिला छन्।

जुम्ला-रारा अल्ट्रा म्याराथनमा गायक बुद्धवीर लामा, ओलम्पीयन बैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर शम्भु दाहाल, सुमन कुलुङलगायतले सहभागिता जनाएको आयोजक कर्णाली स्पोर्टस् क्लबले जनाएको छ । कर्णाली स्पोर्टस् क्लबका अनुसार म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाएका छन् भने द्वितीयले ६२ हजार पाँच सय, तृतीयले ३७ हजार पाँच सय र सान्त्वना हुने सातजनाले ६५ सय रुपैयाँ पुरस्कार पाएका हुन् । जुम्लादेखि रारा तालसम्म पाँचवटा चेक प्वाइन्ट राखिएको थियो ।

यो पनि…
आइपिएल : लखनउको तेस्रो जित, डी ककको मात्रै ८० रन

लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार