English

स्थानीय तह निर्वाचन : तिलोत्तमा नगरपालिकामा यी हुन् मेयरका आकांक्षी



गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरका लागि मोहन चापागाईंले टिकट पाइसकेका थिए । पार्टीभित्र त्यतिबेला दुई खेमा रहेका कारण नेता घनश्याम भुसालले चापागाईंलाई उम्मेद्‌वार बनाउने पार्टीको निर्णय फिर्ता गराए र उनैको योजनामा वासुदेव घिमिरेले मेयरको टिकट पाए र चुनाव जिते । दुवैजना अहिले पार्टीमा विष्णु पौडेल निकट मानिन्छन् ।

एमाले जिल्ला कमिटीले चापागाईंको पक्षमा त्यतिबेला सर्वसम्मत निर्णय गरेको थियो । अहिले पार्टीले आफूलाई न्याय गर्ने लक्ष्यका साथ चापागाईं टोलटोलमा चुनावी माहोल बनाउन सक्रिय छन् ।

त्यसो त विगतमा चापागाईंले हात पारेको टिकट फुस्काउन सफल भएका हालका मेयर वासुदेव घिमिरेको चाहना पनि मेयरमा दोहोरिने छ । तर, उनले संघीय सांसदको टिकट पाउने ग्यारेन्टी भए मेयरको दाबी छाड्ने चर्चा कार्यकर्ता पंक्तिमा छ ।

वासुदेव घिमिरे

अर्कोतर्फ सत्तारुढ गठबन्धनबाट भने चारजनाले मेयरको दाबी गरिरहेका छन् । अघिल्लो निर्वाचनमा पराजय व्यहोरेका कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका गुणनिधि भण्डारी (माधव) र तिलोत्तमा वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले मेयरको दाबी गरिरहेका छन् । कांग्रेसबाट रोमणीप्रसाद पाठकको पनि चर्चा छ । तर, उनी अस्वस्थ रहेकाले सम्भावना कम रहेको अधिकांश कार्यकर्ता बताउँछन् ।

विरासत कायमै राख्ने दाउमा एमाले

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाईं २०४६ सालको जनआन्दोलनमा यस क्षेत्रबाट विद्यार्थी संगठनको नेतृत्व गरेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनको अगुवाइ गरे उनी राजनीति, पत्रकारितासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

मोहन चापागाईं

त्यसपछि उनी बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट उपाध्यक्षमा निर्वाचित भई विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउन भूमिका खेले । त्यसपछि, उनी पत्रकारिता क्षेत्रमा समेत क्रियाशील भए । प्रेस चौतारी रुपन्देहीको अध्यक्ष, केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघ रूपन्देहीको अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत बने । त्यस्तै, उनी सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को अध्यक्षसमेत भए ।

२०७३ सालमा केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईंलाई सञ्चारविज्ञको रूपमा नियुक्त गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बनेपछि उनले पार्टीको तिलोत्तमा नगर कमिटीको अध्यक्ष भए भने जिल्ला प्रचार विभाग प्रमुख बने ।

उनी तिलोत्तमा नगर कमिटीको नेतृत्वमा आएसँगै पार्टी एकतापछि कमजोर र लथालिङ्ग बनेको संगठनलाई सुदृढ बनाउन मुख्य भूमिका खेले । आउँदा एमालेको संगठन कमजोर थियो । उनले टोलटोलमा कमिटी निर्माण गर्दै संगठनलाई मजबुत बनाए भने पार्टीको आर्थिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेले । तर, राजकीय अवसर अहिलेसम्म नपाउँदा विकासमा योगदान गर्ने उनको चाहना भने अहिलेसम्म अधुरै छ ।

पार्टीमा उनी कुशल संगठक र विपक्षीको रणनीति बुझेर सोहीअनुसार योजना निर्माण गर्ने क्षमता राख्छन् । उनले पार्टीको केन्द्रीय नेतृत्वदेखि स्थानीय कमिटीसम्म मेयरको आकांक्षा राखीसकेका छन् । सिंगो पार्टीपंक्ति आफूप्रति सकारात्मक पाएको उनको भनाइ छ ।

त्यस्तै काँग्रेस नेता रामकृष्ण खाँण अघिल्लो निर्वाचनमा मेयरमा पराजित नेता हुन् । जनमुक्ति पार्टीसँग तालमेल गरेर चुनाव लड्दा पनि उनी पराजित भएका थिए । यसपटकको निर्वाचनमा पनि उनी लड्ने चर्चा छ, यद्यपि उनी सक्रिय ढंगले अझै लागिसकेका छैनन् ।

त्यस्तै कांग्रेसबाट गुणनिधि भण्डारी (माधव) र नारायण न्यौपानेले पनि मेयरका लागि दाबी गरिरहेका छन् । कांग्रेसबाट मेयरको दावी गरिरहेकाहरूले अहिले एमालेको विरासत तोड्ने दाउमा छन् । तर, तिलोत्तमामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कमजोर रहेकाले कांग्रेसलाई एमालेको विरासत तोड्न सजिलो भने छैन ।

नारायण न्यौपाने

मेयरको दाबी गरिरहेका भण्डारी भन्छन्, ‘अघिल्लोपटक मलाई अर्को निर्वाचनमा टिकट दिने भनेर आश्वासन दिइएको थियो, त्यसअनुसार आश्वासन पूरा हुने कुरामा म विश्वस्त छु ।’ उता, न्यौपानेले पनि मेयरका लागि आफूले तयारी गरिरहेको प्रतिक्रिया दिए ।

गुणनिधी भण्डारी

अरु आकांक्षी

तिलोत्तमा नगरपालिका प्रमुखमा हालका नगर प्रमुख रहेका वासुदेव घिमिरेले दोहोरिन चाहेका छन् । उनी एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । त्यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले पनि आकांक्षा राखेकी छन् ।

एमालेबाट २०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरका लागि आकांक्षा राखेका यज्ञ गैरे अहिले प्रतिष्पर्धामा पछाडि छन् । पार्टी जिल्ला कमिटी सचिव रहेका गैरेको चाहना पनि मेयरमा उठ्ने रहेपनि कार्यकर्तापंक्तिमा उनको चर्चा भने कम मात्रै हुने गरेको छ । उनी सोह्र–छत्तीस संयुक्त सिंचाई प्रणालीका सभापति छन् ।

तिलोत्तमा जनमुक्ति पार्टीको पनि राम्रो पकड भएको क्षेत्र हो । उसको मत निर्वाचनमा निर्णायक बन्न सक्ने देखिन्छ । सत्ता गठबन्धन र एमाले जनमुक्तिलाई आफूतिर तान्ने प्रयासमा पनि लागेका छन् ।

यो पनि…
स्थानीय तह निर्वाचन : २३ लहरका एक करोड ९४ लाख मतपत्र छापिने
स्थानीय तह : झिनामसिना काम नै उपलब्धिको सूचीमा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।