English

विकासमा ढिलासुस्ती, आयोजना सुरु भएको ३६ वर्षपछि काम



जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्षपछि कामको सुरुवात भएको छ । बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजनाको २०४२ सालमा कामको सुरुवात भएको थियो । अर्को भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणको लागि समितिले अध्ययन गरिरहेको छ ।

भुरचौरको सिँचाइ योजना २०४३ सालमा सुरु भएर बीचमै अलपत्र परेको थियो । नायकबाडाको सिँचाइ आयोजना तत्कालीन बन सहायक मन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भए पनि बीचमै काम रोकिएको थियो । यी दुवै आयोजना निर्माण गर्नका लागि पहल नहुँदा रोकिएको अवस्थामा रहेका थिए ।

कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले माघ २३ गते पद बहाली गर्दा दुवै आयोजना निर्माणका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिँदै कामको सुरुवात गरेका थिए । अध्ययन समितिले नायकबाडा सिँचाइ आयोजनाको काम गर्न सकिने निष्कर्ष निकालेको छ ।

भुरचौर सिँचाइ आयोजनाबारे विस्तृत अध्ययन जारी रहेको बताइएको छ । शुक्रबारमात्र कर्णालीका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले सातै प्रदेशका र संघीय सरकारको बीचमा प्रस्तावित सिँचाइ नीतिमाथिको छलफलको क्रममा दुवै आयोजनाका विषयमा लिखित प्रस्ताव राखेका थिए ।

बर्सेनि नयाँ–नयाँ योजना प्रस्ताव हुने तर काम बीचमै छोडेर जाने कार्यले गर्दा ठूला योजना अलपत्र परेको भन्दै पुराना आयोजना सकेर मात्र नयाँमा जानुपर्ने अन्तरक्रियामा सहभागीले जोड दिएका थिए । आयोजना छनोट गर्दा बस्तुबादी र लगानी उठ्ने हुनुपर्नेमा जोड दिइएको थियो ।

कर्णालीको रिपोर्ट खास धरातलबाट आएको भन्दै ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुलासले उच्च प्रशंसासमेत गरेकी थिइन् । नायकबाडा सिँचाइ योजना निर्माण भएमा यहाँका दुई वटा वडाको भारी जमिनमा सिञ्चित हुने छन् । बर्सेनि खाद्यान्न झेल्ने बारेकोटमा यो सिँचाइ योजनाले उत्पादनमा वृद्धि गरी आर्थिक रूपमा बलियो बनाउने स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिए ।

जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्षपछि कामको सुरुवात भएको छ । बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजनाको २०४२ सालमा कामको सुरुवात भएको थियो । अर्को भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणको लागि समितिले अध्ययन गरिरहेको छ ।

अहिले आकाशे पानीको भरमा नायकबाडा, मैनालगायतका ठाउँमा खेती हुँदै आएको छ । धानबाली लगाउँदा आकाशे पानी हेरेर मात्र रोपाइ हुने गरेको छ । बारेकोट गाउँपालिकाको सबैभन्दा बढी खेतीयोग्य जमिन नायकवाडामै रहेको छ ।

लगानी धेरै लग्ने भएपछि आयोजना बीचमै अलपत्र परिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । करिब १२ किलोमिटर लामो नहरबाट नायकबाडामा पानी लिनुपर्ने अवस्था रहेको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको समेत यी आयोजनामा विशेष चासो रहेको छ । यो आयोजना निर्माण कार्य सुरु हुन थालेको सूचना पायलगतै स्थानीयवासी खुसी भएका छन् ।

उता भुरचौरमा तत्काल सिँचाइ तथा खानेपानीको अवस्था आपूर्ति गर्नका लागि प्रदेश सरकारकै पहलमा लिफ्टमार्फत पानी तानेर समस्या हल भइरहेको छ । भेरी नदीबाट पानी तानेर आपूर्ति गरिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । वृहत् आयोजना भएकाले सानोतिनो लगानीले दुवै आयोजना निर्माण गर्न नसकिने प्रमुख शाहीले बताए ।

यो पनि…
अब यसरी अघि बढ्नेछ बूढीगण्डकी आयोजनाको काम

संयुक्त लगानीमा जलविद्युत् आयोजनाहरू बनाउन नेपाल र भारतबीच सहमति
ऊर्जा सङ्कटको असर : आयोजनाहरू छिटो सक्न दबाब



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।