English

कार्यान्वयन होला शिक्षा मन्त्रालय र महासंघबीचको ५१ बुँदे सहमति ?



शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल शिक्षक महासंघबीच गत फागुन ९ गते सोमबार शैक्षिक सुधारका निम्ति ५१ बुँदे सहमति भयो । शिक्षक तथा कर्मचारीले कोसेढुंगाको रूपमा लिएको उक्त सहमति कार्यान्वयन हुन्छ या हुँदैन हेर्न बाँकी नै छ । तर सहमति भएपछि कार्यान्वय हुनैपर्छ । नत्र किन सहमति गर्ने ?

शिक्षा मन्त्री देवेन्द्र पौडेल स्वयमनै ५१ बुँदे अक्षरसः कार्यान्वय हुने सार्वजनिक कार्यक्रमहरूमा भनिरहेका छन् । मन्त्रालय र महासंघबीच भएको ५१ बुँदे सहमति भएको डेढ महिना भइसकेको छ । सहमति पछि नेपाल शिक्षक महासंघ निरन्तर फलोअपमा छ ।

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर पनि महासंघले आफ्ना मागहरू कार्यान्वयन गराउन शिक्षा मन्त्रालयसँग नियमित छलफल गरिरहेको बताउँछिन् । ‘नयाँ शिक्षा ऐन हाम्रो मन्जुरीविना आउँदैन, हाम्रा जायज माग सम्बोधन भएपछि मात्र ऐन आउँछ,’ उनी भन्छिन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा पनि नयाँ शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताउँछन् । ऐनको विषयमा अर्थ मन्त्रालय, कानून मन्त्रालयलगायत विभिन्न निकायसँग छलफल भइरहेको उनको भनाइ छ ।

शिक्षक महासंघले उठाएका जायज मागहरू पनि शिक्षा ऐनमा समावेश हुने उनले बताए । उनका अनुसार कानून बमोजिम राख्न मिल्ने शिक्षक महासंघका मागहरू शिक्षा ऐनमा सम्बोधन हुन्छन् ।

त्यसो त केही हप्ताअघि मात्रै शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी ऐनबारे छलफल गरेका थिए ।

यो पनि…
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

Latest










Popular
Suggested