English

टाउको दुख्ने समस्या र समाधानका उपाय



टाउको दुख्ने समस्या कहिल्यै नभोगेका नेपाली कम नै होलान् । तपाईंलाई पनि कुनै न कुनै समयमा टाउको दुख्ने समस्याले सताएको हुनसक्छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नसर्ने रोगसम्बन्धी जोखिम तत्त्वको सर्वेक्षणले पनि १५ दशमलव २ प्रतिशत व्यक्तिमा टाउको दुखाइको समस्याका कारण काम नै गर्न नसक्ने अवस्थामा पुगेको देखाएको छ ।

परिषद्ले सन् २०१९ को फेब्रुअरीदेखि मे सम्ममा ५ हजार ५ सय ९३ जनामा सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणका अनुसार १५ दशमलव २ प्रतिशत व्यक्तिहरू गम्भीर रूपमा टाउको दुख्ने समस्याका कारण घरायसी तथा अन्य कार्य नै गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ ।

चिकित्सकका अनुसार टाउको दुख्नुको कारण पनि विभिन्न किसिका हुन्छन् । टाउको दुखाइको कारण पत्ता लगाउन कुन भागमा दुखेको छ भनेर थाहा हुनुपर्छ ।

टाउकोको फरक–फरक भागमा हुने दुखाइले फरक–फरक रोगको संकेत जनाउँछ । आज हामी तपाईंलाई टाउकोको कुन भागमा हुने दुखाइले कस्तो रोगको संकेत गर्छ भनेर जानकारी दिदैछौं ।

– यदि, तपाईंलाई आफ्नो टाउँको भारी महसुस हुन्छ र थिचिए जसरी छट्कीएर दखिरहन्छ भने तपाईंलाई धेरै तनाव भएको हुनसक्छ । मानिसलाई धेरै तनाव भएर पूरै टाउको भारी भएर दुख्ने गर्छ ।

– के तपाईंलाई हेरक महिना चार पटकसम्म नियमित रुमा टाउको दुख्छ ? टाउको दुखाइ सुरु हुनअघि आफूलाई टाउको दुख्ला जस्तो अनुभव हुन्छ ? वा टाउको दुख्नु भन्दा अगाडि नै आफूलाई टाउको दुख्न लागेको थाहा हुने गर्छ भने तपाईंमा माइग्रेनको समस्या भएको हुनसक्छ । पटक–पटक टाउको दुख्नु र टाउको दुख्नु अगाडि टाउकोको आधा भाग मात्र दुख्छ भने त्यो माइग्रेनको समस्याले टाउको दुखेको हुनसक्छ ।

– तपाईंको टाउकोको अगाडिपट्टिको भाग टन्किएर दुख्छ र टाउको उठाउन गाह्रो हुन्छ भने तपाईंलाई पिनास भएको हुनसक्छ । पिनास भएको समयमा पनि मानिसमा टाउको दुख्ने गर्छ ।

– यदि टाउकोको अगाडिपट्टि दुख्ने, आँखा गल्ने, टाउको गल्ने समस्या छ भने तपाईंको आँखाको पावर नमिलेको हुनसक्छ ।

– यदि तपाईंको टाउकोको पछाडि भाग मात्र दुख्छ भने तपाईको रक्तचाप अनियन्त्रित भएको हुनसक्छ । रक्तचाप धेरै वा कम हुन टाउकोको पछाडिको भाग दुख्ने गर्छ ।

टाउको दुखाइको कारण पत्ता लगाएर सोही अनुसारको चिकित्सक उपचार गर्दा टाउको दुखाइ कम गर्न सकिन्छ ।

यो पनि…
मिर्गौला खराब हुने कार

महिनावारीको पेट दुखाइबाट छुटकारा पाउने घरेलु उपाय
डेलिभरीपछि यसरी घटाउनुहोस् आफ्नो तौल



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्