English

कुकुरको ‘बेबी सावर’ मा पाहुना बोलाएर भव्य भोज



के गाउँ, के सहर ? अचेल ‘बेबी सावर’ले पछिल्लो समय फेसनकै रूप लिन थालेको छ । संसारमा घरपालुवा जनावर कुकुरलाई माया गर्ने र परिवारको सदस्यको रूपमा स्वीकार गर्ने धेरै छन् । यस्तै, एक कुकुर प्रेमीले गर्भवती कुकुरका लागि ‘बेबी सावर’ पनि गरिदिएका छन् ।

त्यो पनि पाहुनालाई बोलाएर भव्य भोजको आयोजना गरियो । तर, अब यो आधुनिक संस्कार केवल मानवजातिमा मात्र सीमित रहेन । किनकि, भारतको तमिलनाडुमा एउटा गर्भवती कुकुरका लागि समेत ‘बेबी सावर’को आयोजना गरिएको छ ।

तमिलनाडुको एक परिवारले आफ्नो घरमा पालेको कुकुर गर्भवती भएसँगै ‘बेबी सावर’को कार्यक्रम गराएको छ । बेबी सावर समारोहमा परिवारका सबै सदस्य उपस्थिति हुनुका साथै भोजको समेत आयोजना गरियो ।

सोसल मिडियामा सार्वजनिक भएको भिडियोमा गर्भवती कुकुरलाई टीका र मालाका साथै गाउन लगाइदिएर पूजा गरिएको छ ।

पूजापछि गर्भवती कुकुरलाई विभिन्न पाँच थरी भात खुवाइएको छ । ‘डाबू’ नामक उक्त गर्भवती कुकुरको ‘बेबी सावर’ कार्यक्रममा परिवारका सदस्यहरू निकै खुसी मनाइरहेका देखिन्छन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको