English

सेक्सको आनन्द लिन पार्टनरबीच समझदारी हुन आवश्यक



यौनको आनन्द लिन पार्टनरबीच समझदारी हुन आवश्यक हुन्छ । सेक्स पोजिसनदेखि पार्टनरको मुड बुझ्न पर्छ । यौन जीवनलाई अझै उत्कृष्ट बनाउन यी कुरामा अपनाउनुहोस् ।

स्थानको छनोट

यौन जीवनको लागि स्थान महत्त्वपूर्ण हुन्छ । राम्रो ठाउँमा मुड परिवर्तन हुन्छ । जसका लागि जोडी समय–समयमा घुम्न जान सकिन्छ । सुन्दर ठाउँमा सेक्स गर्न राम्रो मानिन्छ । यसले पार्टनरसँगको सम्बन्ध सुमधुर हुन्छ ।

कोठाको सजावट

सेक्स लाइफका लागि सुत्ने कोठाको सजावट पनि महत्त्वपूर्ण हुन्छ । ओछ्यान सफा राख्नदेखि लिएर सही दिशामा बिछ्याउने कुरामा ध्यान दिनुपर्छ । सुत्ने कोठामा फोहोर वा सामानले भरिएको छ भने यौन जीवन प्रभावित हुन सक्छ । कोठाको सरसफाइले सकारात्मक भावना निम्त्याउँछ । सुत्ने कोठामा खानेकुरा, फोहोर जुत्ता, चप्पल राख्छन्, जसले दुर्गन्धित हुन्छ । मन खिन्न हुने, मुड बिग्रिने हुन्छ । कोठा सुगन्धित राख्न रुम फ्रेसर, फूल आदिको प्रयोग गर्न सकिन्छ ।

नाइट ड्रेस

महिलाको नाइट ड्रेस मात्र होइन, पुरुषले पनि आफ्नो नाइट ड्रेसमा ख्याल गर्नुपर्छ । नाइटवेयर सहज नभएमा समस्या हुन सक्छ । जिन्सको कपडा लगाएर सुत्नु हुँदैन । यसको गन्ध र फिटिङले पार्टनरको मुड बिग्रिन सक्छ ।

लाइट

कोठाको बत्तीको बारेमा पार्टनरसँग कुरा गर्नुहोस् । केटीहरूको लजालु स्वभावका कारण बढी प्रकाशमा सेक्स गर्न मन पराउँदैनन् । कोठामा बत्ती बाल्ने वा नबाल्ने पार्टनरसँग सल्लाह गर्नुहोस् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’जितेको छ। क्रिकेटका अत्यधिक दर्शक रहेको नेपाल आईसीसीले नेपाली क्रिकेटको डिजिटल

इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट बसपार्क झापाबाट खटिएको प्रहरीद्वारा नियन्त्रित लागु औषध सहित १ जना व्यक्ति पक्राउ

Latest










Popular
Suggested